१८ माघ, काठमाडौं । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।
नेपाल राष्ट्र बैंकको वित्तीय खर्च कटौती गर्न भन्दै बैंक, इन्स्योरेन्स, माइक्रो फाइनान्सहरूलाई एक आपसमा मर्ज हुन दिएको निर्देशन पालन हुदै गइरहेको छ। नेपाल राष्ट्र बैंकको वित्तीय खर्च कटौती गर्न दिएको निर्देशनअनुसार मर्जर प्रकृयामा रहेका सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच अन्तिम सम्झौता भएको छ जसको भूगोल पार्क हार्दिक स्वागत गर्दछ।
मर्जर प्रकृयामा रहेका सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच अन्तिम सम्झौता भएको छ । माघ १७ गते एक कार्यक्रमबीच दुई कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा अन्तिम सम्झौता भएको हो ।
उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने छ । त्यस्तै, दुवै कम्पनीबीचमा भएको प्रारम्भिक सहमतीको आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) क्रमश १०० : ८० कायम रहनेछ ।
साथै, दुवै कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने
कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी, संचालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट मनोहर दास मूल र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्री नै रहने छन् । संचालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् ।
मर्जर सम्बन्धी विशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारण सभामा लगिने कम्पनीले जनाएको छ । अन्तिम सम्झौता पत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धर र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट अध्यक्ष मनोहर दास मुलले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा दुबै कम्पनीका संचालकहरु, प्रमुख कार्यकारी अधिकृतहरू लगायतका पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
Comments