१७ माघ,काठमाण्डौ । भूगोल पार्कले लामो समयदेखि हिमालयन-सिभिल बैंक लिमिटेडको बारेमा पाठक वर्गलाई समाचार प्रवाह गरिरहेको सर्वविधितै छ । हिमालयन-सिभिल बैंक लिमिटेडले ‘सबैका लागि, सधैंका लागि’ भन्ने नाराकासाथ विगत लामो समयदेखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएकोले यी दुबै बैंक नेपालीहरूको मनमा बस्न सफल भएको बैंक हो।यी दुबै बैंक नेपाल सरकारबाट ‘क’ श्रेणीको मान्यता पाएका ठुला बैंकहरूमध्येका हुन्।
भूगोल पार्कलाई प्राप्त जानकारिअनुसार हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबारमा ढिलाई हुने भएको छ।
नेपाल राष्ट्र बैंकले हिमालयन र सिभिल बैंकलाई एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिन ढिलाइ गर्दा निर्धारित समय यी दुई बैंकको एकीकृत कारोबार हुन नसक्ने भएको हो।
मर्जर प्रक्रिया पूरा गरी यही माघ १८ गतेदेखि एकीकृत कारोबारको सुरुआत गरिने भनिएको थियो। तर, राष्ट्र बैंकबाट मर्जर प्रक्रियाको अन्तिम स्वीकृति समयमै नआएकाले एकीकृत कारोबार सरेको सिभिल बैंकका सीईओ सुनीलकुमार पोखरेलले जानकारी दिए। ‘अब फागुनको पहिलो साताभित्र एकीकृत कारोबार सुरु हुन सक्छ’, उनले भने।
राष्ट्र बैंकबाट मर्जरमा जाने अन्तिम स्वीकृति एप्रुभल भइसके पनि लिखितरुपमा पत्र नआएको पोखरेलको भनाइ छ। ‘त्यसकारण एकीकृतको मिति धकेलिएको छ’, उनले भने, ‘सम्भवतः आजभोलिमा त्यो पत्र आउन सक्छ, त्यसैअनुसार फागुनको पहिलो साताभित्रै एकीकृत कारोबार हुन सक्छ।’
गत असार २९ गते हिमालयन र सिभिल बैंकबीच प्रारम्भिक सम्झौता भएको थियो। यी दुवै बैंक १००:८०.२८ को स्वाप रेसियोमा मर्जरमा गएका हुन्। पुस २८ गते दुवै बैंकले साधारणसभामार्फत मर्जर प्रक्रियालाई पारित गरेका थिए।
मर्जरपछि बैंकको नाम ‘हिमालयन बैंक लिमिटेड’ नै रहनेछ। बैंकको सीईओमा हिमालयन बैंकका सीईओ अशोक राणा रहनेछन् भने वरिष्ठ डेपुटी सीईओ सिभिल बैंकका सीईओ सुनिलकुमार पोखरेल रहनेछन्।
Comments