राष्ट्रपतिको निर्वाचन फागुन २५ गर्ने निर्वाचन आयोगको निर्णय

Bhugolpark

१६ माघ, २०७९,१४:०९

उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा

काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गर्ने निर्णय गरेको छ । आयोगले सोमबार भएको बैठकले फागुन २५ मा राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

'केही समयमा हामी निर्वाचन तालिका सार्वजनिक गर्दैछौं,' थपलियाले भने । राष्ट्रपतिको निर्वाचन मितिमा घोषणा गर्न राजनीतिक दलहरूले माग गर्दै आएका छन् ।


220 Views

Comments