रवि लामिछानेले प्रधानमन्त्रीलाई भेटे, फेरि गृहमन्त्री बनाउन माग

Bhugolpark

१६ माघ, २०७९,११:०७

१६ माघ, काठमाडौं ।आम नेपाली आवाज विहिनहरूको आवाज बोकेका उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादको विषयमा सर्वोच्चको फैसलाले लामिछानेको उम्मेदवारदेखि अहिलेसम्मका गतिविधिलाई मान्यता दिएन। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका लामिछानेको हैसियतलाई समेत अवैध मानेको थियो जुन फैसलाको रवि लामिछानेले सम्मान गर्दै ‘अनागरिक’ बन्न पुगेको बताएका थिए।हिजो बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका रवि लामिछानेले हिजो दिउसो नेपाली नागरिकताको प्रमाणपत्र पुन: प्राप्त गरेका थिए।उनलाई हिजो नै रास्वपाले पार्टी सभापति बनाउएको थियो भने रवि लामिछानेले हिजो नै पदभारग्रहण गरेलगत्तै प्रधानमन्त्रीलाई भेटेर फेरि गृहमन्त्री बनाउन माग गरेका थिए जुन कुराको भूगोल पार्क जायज ठान्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका छन्। प्रधानमन्त्रीलाई भेट्न लामिछाने बालुवाटार पुगेका थिए। 

प्रक्रिया पुर्‍याएर नागरिकता लिएका लामिछाने आइतबार नै पार्टीको सभापतिमा पुनर्बहाली भएपछि पार्टीको निर्णय जानकारी गराउन लामिछाने बालुवाटार गएको रास्वपाले जनाएको छ। 

त्यस अघि रास्वपाको केन्द्रीय समितिको बैठकले सत्ता साझेदार दलसँग विगतमा भएको सहमति अनुसार गृह मन्त्रालय आफ्नै दलले पाउनुपर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार रास्वपाले पार्टीको निर्णयबारे सत्ता साझेदार दलसँग छलफल गर्न सभापति लामिछानेलाई नै जिम्मेवारी दिइएको थियो। सोही अनुसार सभापतिले प्रधानमन्त्रीलाई भेटेका हुन्। 

लामिछाने बालुवाटार पुग्नुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए। सर्वोच्चको फैसलासँगै पद गुमाएका लामिछानेले प्रक्रिया पुर्‍याएर नागरिकता लिएसँगै गृहमन्त्रीमा पुनर्बहाली गर्न सत्ता साझेदार दलसँग आग्रह गरेका छन्। उनले गृह मन्त्रालय पार्टीले नपाए सरकार छाड्ने चेतावनी पनि दिएका छन्। 



179 Views

Comments