कङ्गोमा विद्रोहीका कारण विस्थापित हुनेहरूको सङ्ख्या बढ्दै

Bhugolpark

१५ माघ, २०७९,१६:३५

कङ्गोमा पछिल्लो समयमा विद्रोहीहरुले हिंसात्मक हमला बढाएका छन् । जसका कारण यहाँका सर्वसाधारण नागरिकहरू विस्थापित हुन पुगेका बताइएको छ ।संयुक्त राष्ट्रसङ्घले पछिल्ला केही महिनायता यहाँका एम २३ नामको विद्रोही समूहले सशस्त्र हमला गर्ने गरेको छ ।

यस्ता हमलाहरूमा नागरिक पर्ने भएकाले उनीहरुलाई त्यहाँबाट विस्थापित हुने गरेका संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयतासम्बन्धी एजेन्सीको एक रिपोर्टअनुसार यहाँका ९० हजार मानिस केही हप्तायतामात्र विस्थापित हुन पुगेका छन् । कङ्गोको सरकारी सुरक्षा फौज र उक्त विद्रोही समूहका बीचमा पछिल्ला हप्ताहरुमा भएका झडपहरूमा नागरिक पनि पर्ने गरेका छन् । जसका कारण स्थानीय नागरिक भागेर अन्यत्रै जाने गरेका संयुक्त राष्ट्रसङ्घीय उक्त एजेन्सीले जनाएको छ ।

खासगरी उत्तरी कङ्गोको किभु प्रान्तमा यस्तो विद्रोह हुने गरेको बताइएको छ । सो विद्रोहमा परेर कम्तीमा पनि ९० हजार स्थानीय नागरिक त्यहाँबाट विस्थापित भएका र उनीहरूलाई मानवीय सहायताको खाँचो परेको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले बताउनुभएको छ । उहाँले सरकारी सुरक्षा फौजमाथि तथा सो प्रान्तका सरकारी अधिकारी एवं स्थानीय सर्वसाधारलाई नै विद्रोहीले तारो बनाउने गरेका बताउनुभयो । पछिल्लो हमलाहरूमा कैयौँ नागरिकको ज्यान गएको छ भने हजारौँ जना आफ्ना घरबास छोडेर भागेका छन् ।



188 Views

Comments