महालक्ष्मी विकास बैंक लि. का शेयरधनीहरूलाई नगद लाभांश वितरण सम्बन्धी सूचना

Bhugolpark

१३ माघ, २०७९,१२:०७

आजै महालक्ष्मी विकास बैंक लि. को ग्राहक बन्नुहोस्, विभिन्न सेवासुविधा लिनुहोस् !

भूगोल पार्कले लामो समयदेखि महालक्ष्मी विकास बैंक लिमिटेडको बारेमा पाठक वर्गलाई समाचार प्रवाह गरिरहेको सर्वविधितै छ । महालक्ष्मी विकास बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको मान्यता प्राप्त इजाजत प्राप्त राष्ट्रिय स्तरको संस्था हो । महालक्ष्मी विकास बैंक लिमिटेडले विगत २८ वर्ष देखि नवरत रुपले गुणस्तरिय वित्तीय सेवा नेपाली जनताको घरदैलोमा गएर प्रदान गर्दै आएकोले नै नेपालीहरूको मनमा बस्न सफल भएको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेड “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडको मिति २०७९/०९/२९ गते सम्पन्न भएको २१औं वार्षिक साधारण सभाबाट आ.व. २०७८/०७९ को मुनाफा मध्येबाट चुक्ता पूँजीको ६.४७ प्रतिशतका दरले नगद लाभांश ( नगद लाभांश तथा बोनश शेयरमा लाग्ने कर सहित) हितग्राही खातामा बैंक खाता अद्यावधिक गरिसकेका शेयरधनीहरुको हकमा बैंक खातामा नै मिति २०७९/०९/३० गतेदेखि जम्मा गरिएको व्यहोरा सूचना मार्फत जानकारी गराएको छ।

हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरू तथा हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराउनु भएका शेयरधनी महानुभावहरूले आफ्नो शेयर अभौतिकीकरण गराई सो सँगसँगै हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराई समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्नु हुन अनुरोध गरेको छ । साथै, आफ्नो शेयर धितो राखेका शेयरधनी महानुभावहरूको हकमा समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्नको लागि सम्बन्धित बैंक / वित्तीय संस्थाको स्वीकृति पत्र यस बैंकको शेयर रजिष्ट्रार श्री सिद्धार्थ क्यापिटल लिमिटेडमा पेश गर्नुहुन समेत अनुरोध गरेको छ ।

नोटः महालक्ष्मी विकास बैंक लिमिटेडको शेयर दाखिला खारेजी बन्द हुने दिनसम्ममा मर्जर पश्चात गाभिने बैंक तथा वित्तीय संस्थाको खाता नं. रहेका शेयरधनीको खाता नं. परिवर्तन हुने हुँदा त्यस्ता शेयरधनीहरूको लाभांशको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फिर्ता आउन सक्ने हुँदा यथाशक्य छिटो आफ्नो परिवर्तित नयाँ खाता नं. हितग्राही खातामा अद्यावधिक गराउनु हुन यसै सूचना मार्फत अनुरोध गरिने जानकारी शेयरधनीहरूलाई गराएको छ साथै शेयर रजिष्ट्रारको लागि सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर, नक्साल, काठमाडौँमा सम्पर्क गर्न शेयरधनीहरूलाई अनुरोध गर्दै थप जानकारिको लागि पोष्ट बक्स न. २१९००

फोनः ४४२०९२४/४४२०९२५ फ्याक्सः ४४२०९२९  एवं वेबसाईट : www.siddharthacapital.com इमेल scl@siddharthacapital.com Investing happiness भनेको छ।


377 Views

Comments