राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका कुमार दसौदी गरे मनोनयन दर्ता

भूगोल पार्कको दृष्टिकोणमा लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि नेकपा एमालेका कुमार दसौदीले मनोनयन दर्ता गरेका छन्।सत्ता गठबन्धनको समर्थनमा उनले मनोनयन दर्ता गरेकाले उनको जित सुनिश्चित देखिन्छ।

११ माघ, दाङ । लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि नेकपा एमालेका कुमार दसौदीले मनोनयन दर्ता गरेका छन् ।

बुधबार १ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेका हुन् । दसौदीको समर्थकमा राप्रपाकी प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठ र प्रस्तावकमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोखरेल रहेका छन् ।

मनोनयन दर्ताका बेला लुम्बिनीका मुख्यमन्त्री लिला गिरी र एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्मा पनि निर्वाचन कार्यालय पुगेका छन् ।

नेपाली कांग्रेसका तर्फबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिदै छन् । राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते उपनिर्वाचन हुँदैछ।


Comments