नागरिकतासम्बन्धी मुद्दामा निवेदकको तर्फबाट बहस सकियो

Bhugolpark

२५ फाल्गुन, २०८०,१४:४३

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा निवेदकको तर्फबाट बहस सकिएको छ । 

वरिष्ठ अधिवक्ताद्वय रमण कर्ण, डा. सुरेन्द्र भण्डारी र अधिवक्ताहरु अमृत खरेल, निकिता ढुंगानाले बहस गरेका छन् । खाजापछि सरकार र गृहमन्त्री लामिछानेको तर्फबाट बहस हुनेछ । जवाफी बहस पनि आजै हुने बताइएको छ ।

गृहमन्त्री लामिछानेको नागरिकताको विषयमा संवैधानिक इजलासमा अन्तिम सुनुवाइ भइरहेको हो । कामु प्रधानन्यायाधीस हरिकृष्ण कार्की, न्यायाधीस विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा सुनुवाइ भइरहेको हो ।

यसअघि, गएको पुस २२ गते अदालतले आजका लागि पेसी स्थगित नगर्ने मुद्दाका रूपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि आज फैसला हुने जनाइएको छ ।



34 Views

Comments