युक्रेन र फिनल्याण्डका राष्ट्रपतिबीच सुरक्षाबारे छलफल

Bhugolpark

१३ बैशाख, २०८१,१४:०८

युक्रेन र फिनल्याण्डका राष्ट्रपतिका बीचमा मङ्गलबार भेटवार्ता भएको छ । उहाँहरूका बीचमा युक्रेनको सुरक्षाका विषयमा कुराकानी भएको बताइएको छ । फिनल्याण्डका राष्ट्रपति साउदी निनिस्टो हाल युक्रेन भ्रमणका क्रममा राजधानी किभमा हुनुहुन्छ ।

यसै क्रममा उहाँहरुका बीचमा दुई पक्षका बीचमा भेटवार्ता भएको थियो र सो वार्ताका क्रममा खासगरी युक्रेनको सुरक्षाका विषयमा कुराकानी भएको थियो । त्यस भेटका क्रममा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलिन्स्किीले युक्रेनलाई फिनल्याण्डले गर्दै आएको सैन्य तथा अन्य सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभएको समाचारमा जनाइएको छ । युक्रेनलाई युरोपियन युनियनले पनि सोमबार मात्र थप सैन्य सहयोग उपलब्ध गराएको थियो । सो सहयोग पचास लाख युरोभन्दा पनि बढी रहेको बताइएको छ । सोमबार सो विषयमा युरोपियन युनियनले जानकारी दिएको थियो । यसअघि पनि युक्रेनलाई सहयोग दिँदै आएकामा युरोपियन युनियनका विदेश मन्त्रीहरुको बैठकपछि पचास लाख युरोभन्दा बढी सैन्य सहयोगको घोषणा युरोपियन युनियनले सोमबार गरेको हो ।


79 Views

Comments