८ माघ, काठमाडौं । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल..." />
ईयूले सार्‍यो नेपालको हवाई सुरक्षाको अडिट

Bhugolpark

८ माघ, २०७९,१६:१३

८ माघ, काठमाडौं । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

५ माघ गते बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै राउतले मोटरसाइकल दुर्घटना हुँदा चालकलाई हिरासतमा लिई अनुसन्धान थाल्ने प्रहरीले जहाज दुर्घटना हुँदा किन सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ नगरेको हो भन्ने प्रश्न उठाएका थिए।

राउतले गृहमन्त्री रवि लामिछानेलाई थोत्रा जहाज सञ्चालन गर्ने सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ गर्न आग्रह गरेका छन्।

भूगोल पार्कको दृष्टिकोणमा पनि सानालाई ऐन ठूलालाई चैन हुनुहुदैन्।सरकारको समेत अन्तराष्ट्रिय छवि गिर्दै गएकोले अब पूर्वसरकारले उडान अनुमति दिनेकाम यो सरकारले तुरुन्त बन्द गर्नुपर्छ साथै थोत्रा जहाज सञ्चालन गर्ने सञ्चालकहरूलाई कारवाहिको दायरामा अविल्ब ल्याउँनुपर्छ।

काठमाडौँ — नेपाली वायुसेवा निगमलाई आफ्ना सदस्य राष्ट्रहरूमा २०७० मंसिरदेखि लगाइएको निषेध (कालोसूची) हटाउने सम्बन्धमा यहाँको हवाई सुरक्षाको ‘अन-साइट’ मूल्यांकन गर्न नेपाल आउने कार्यक्रमलाई युरोपियन युनियनले सारेको छ ।

नेपालमा रहेको युरोपियन युनियन (ईयू) ले शुक्रबार विज्ञप्ति जारी गर्दै भर्खरै पोखरामा भएको यती एयरलायन्सको दुर्घटनाका कारण नागरिक उड्डयन प्राधिकरणसँगको आपसी सहमतिपछि अन-साइट मूल्यांकन हाललाई स्थगन गर्नुपरेको जनाएको छ ।

ईयूले मंसिर १२ गते एक विज्ञप्तिमार्फत हवाई क्षेत्र हेर्ने युरोपियन एभिएसन सेफ्टी एजेन्सीको महानिर्देशक (डीजीमूभ) नेतृत्वको टोलीले नेपालको हवाई क्षेत्रमा भएका पछिल्ला सुधारको मूल्यांकन गर्न चाँडै नेपाल आउने जनाएको थियो । तर, माघ १ गते भएको यती एयरलायन्सको एटीआर विमान दुर्घटनाका कारण ईयू अहिलेलाई पछि हटेको हो ।




116 Views

Comments