सर्वोच्च अदालत बार एशोसिएशनको ४८ औं वार्षिक साधारणसभा Aloft Hotel Thamel, kathmandu मा भव्य रुपमा सम्पन्न

Bhugolpark

१४ चैत्र, २०८०,१९:३९

वासुदेवप्रसाद ढुङ्गाना स्मारिका विशेषाङ्क प्रकाशन समितिका संयोजक (हाल नव निर्वाचित अध्यक्ष) वरिष्ठ अधिवक्ता हरिशर निरौलाले गर्नुभयो।

७ माघ, काठमाडौं । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

भूगोल पार्कका अध्यक्ष सिमोन ढुङ्गानाको स्वर्गिय पिता वासुदेवप्रसाद ढुङ्गाना स्मारिका विशेषाङ्क प्रकाशन समितिका संयोजक (हाल नव निर्वाचित अध्यक्ष) वरिष्ठ अधिवक्ता हरिशर निरौलाले गर्नुभयो।

भूगोल पार्क परिवार वासुदेवप्रसाद ढुङ्गाना स्मारिका विशेषाङ्क विमोचन भएकोमा हार्दिक खुसी व्यक्त गर्दछौं।

आज मिति २०७९ माघ ७ गते शनिवार १:०० बजे दिउसो Aloft Hotel Thamel, kathmandu मा भव्य रुपमा सम्पन्न भएको छ।

उद्घाटन शत्रमा कार्यक्रमको अध्यक्षता : सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गर्नुभएको थियो भने कार्यक्रम संचालक सर्वोच्च अदालत बार एशोसिएशनका सचिव अधिवक्ता ऋषिराम घिमिरेले गर्नुभएको थियो।

कार्यक्रमको सुरुवात आशन ग्रहणबाट भयो। आशन ग्रहण क्रमश: नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता श्री गोपाल कृष्ण घिमिरे, नेवाएका पूर्व अध्यक्ष कानून वाङ्गमय शताब्दी पुरुष वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, नेपाल बार एशोसिएशनका महासचिव श्री अधिवक्ता अन्जिता बनाल, नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, सर्वोच्च अदालत बार एशोसिएशनका पूर्व अध्यक्ष तथा नेवाएका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, सर्वोच्च अदालत बार एशोसिएशनका पूर्व अध्यक्ष तथा नेवाएका पूर्व अध्यक्ष श्री वरिष्ठ अधिवक्ता श्री प्रेमबहादुर खड्का,नेपाल बार एशोसिएशनका पूर्व महासचिव तथा पूर्व महान्यायाधिवक्ता वरिष्ठ अधिवक्ता श्री रमन कुमार श्रेष्ठ, नेपाल बार एशोसिएशनका पूर्व कोपाध्यक्ष वरिष्ठ अधिवक्ता श्री सविता भण्डारी बराल, सर्वोच्च अदालत बार एशोसिएशन कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू : अधिवक्ता मुकुन्द प्रसाद पौडेल, उपाध्यक्ष अधिवक्ता शर्मिला श्रेष्ठ, सहसचिव अधिवक्ता विनोदकुमार कार्की, कोषाध्यक्ष अधिवक्ता विकास भट्टराई, सदस्य अधिवक्ता राजेन्द्रप्रशाद शाह, सदस्य अधिवक्ता अनन्त कार्की, सदस्य अधिवक्ता अनन्तराज लुइँटेल, सदस्य अधिवक्ता अमिता गौतम पौडेल, सदस्य अधिवक्ता तिलक विक्रम पाण्डे, सदस्य अधिवक्ता दिप नारायण साह, सदस्य अधिवक्ता मिराज श्रेष्ठ, सदस्य अधिवक्ता डा रामहरि त्रिपाठी, सदस्य अधिवक्ता निर्मला भण्डारी गौतम, सदस्य सर्वोच्च अदालत बार एशोसिएशनका पूर्व अध्यक्षहरू वरिष्ठ अधिवक्ता दमननाथ ढुङ्गाना, वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी, वरिष्ठ अधिवक्ता महादेव प्रसाद यादव आदि व्यक्तित्वहरू गराइयो।नेपाल बार एशोसिएशनका पदाधिकारी तथा सदस्यज्यूहरू नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यज्यूहरू सर्वोच्च अदालत बार एशोसिएशनका पूर्व पदाधिकारी तथा सदस्यज्यूहरु वरिष्ठ अधिवक्ताज्यूहरु तथा अधिवक्ताज्यूहरुलाई यथास्थानमा आसनग्रहण गराइयो।

राष्ट्रिय गानबाट कार्यक्रमको सुरुवात भएको थियो।

स्वागत मन्तव्यः

सर्वोच्च अदालत बार एशोसिएशनका उपाध्यक्ष अधिवक्ता श्री मुकुन्द प्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। मन्तव्यकै क्रममा क्रमश:सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य वरिष्ठ अधिवक्ता श्री रविनारायण खनाल नेबाएका पूर्व महासचिव तथा पूर्व महान्यायाधिवक्ता वरिष्ठ अधिवक्ता श्री रमन कुमार श्रेष्ठ नेवाएका पूर्व कोषाध्यक्ष वरिष्ठ अधिवक्ता श्री सविता भण्डारी बराल नेबाएका पूर्व अध्यक्ष तथा सर्वोच्च बारका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता श्री प्रेम बहादुर खड्का नेबाएका पूर्व अध्यक्ष तथा सर्वोच्च बारका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता श्री शम्भु थापा नेबाएका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष तथा कानून वाङ्गमय शताब्दी पुरुष वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता श्री गोपालकृष्ण घिमिरे आफ्नो सारगर्भिक मनतव्य व्यक्त गर्नुभयो ।

उद्घाटन

सर्वोच्च अदालत बार एशोसिएशनका उपाध्यक्ष अधिवक्ता श्री मुकुन्द प्रसाद पौडेल उद्घाटन नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष तथा कानून वाङ्गमय शताब्दी पुरुष वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीद्वारा पानसमा दिप प्रज्ज्बोलित गरी कार्यक्रमको उद्घाटन सुरु भयो।

मौन धारणा

 २ वर्षको अवधिमा पूर्व कोषाध्यक्ष अधिवक्ता रामप्रसाद भट्टराईलगायत १० जना सदस्यहरु र सर्वोच्च अदालत बारको सदस्यज्यूहरूको दिवङ्गत हुनु भएका परिवार सदस्य ४१ जनासहित दिवगत व्यक्तित्वहरुको सम्झनामा एक मिनेट मौन धारणा गरियो।

पुस्तक विमोचन

नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्ण मान शाक्यबाट बासुदेव ढुङ्गाना स्मारिकाको विमोचन गरिएको थियो। नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष स्व बासुदेव ढुंगानाको सर्वोच्च बार जर्नल अङ्क २० महिला कानून बुलेटीन अड्क ६ ९) विमोचित पुस्तकको बारेमा मन्तव्य व्यक्त गरियो।

कानून शताब्दी पुरुष कृष्ण प्रसाद भण्डारी विशेषाङ्क प्रकाशन समितिका संयोजक वरिष्ठ अधिवक्ता श्री श्रीहरि अर्यालले गर्नुभयो।

वासुदेवप्रसाद ढुङ्गाना स्मारिका विशेषाङ्क प्रकाशन समितिका संयोजक (हाल नव निर्वाचित अध्यक्ष) वरिष्ठ अधिवक्ता हरिशर निरौलाले गर्नुभयो।

बन्द शत्र

बन्द शत्रमा कार्यसमितिको तर्फबाट सचिवद्वारा प्रतिवेदन प्रस्तुत भयो भने कार्यसमितिको कोषाध्यक्षको तर्फबाट आर्थिक प्रतिवेदन प्रस्तुत भयो। कानून व्यवसायी महिला समितिको तर्फबाट सहसचिव एवं पदेन अध्यक्ष अधिवक्ता शर्मिला श्रेष्ठद्वारा प्रतिवेदन प्रस्तुत मिनेट गरिन प्रस्तुत प्रतिवेदनहरू माथि छलफल भयो।सो प्रतिवेदनउपरको जवाफ सचिव, कोषाध्यक्ष तथा महिलासमितिका पदेन अध्यक्षहरूले दिदै सचिवद्वारा उक्त प्रतिवेदन पारित भएको घोषणा गर्नुभयो।

आ.ब. २०७९/०८० का लागि लेखा परिक्षक श्री राजकुमार चालिसेलाई नै नियुक्ति गरियो।

कार्यक्रममा पाल्नुहुने विशिष्ट महानुभावलगायतलाई धन्यवाद् ज्ञापन गर्दै कार्यक्रमको समापन सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्ण मान शाक्यले गर्नुभयो ।

पदभार हस्तान्तरण शत्र

पदभार हस्तान्तरण शत्रको कार्यक्रम सञ्चालक अधिवक्ता श्री शर्मिला श्रेष्ठ गर्नुभएको थियो। निर्वाचन अधिकृत अध्यक्षता पदभार हस्तान्तरण शत्र सुरु भयो।प्रमुख निर्वाचन अधिकृत मुकुन्द प्रसाद पौडेल आसन ग्रहण गर्नुभएको सो कार्यक्रममा निर्वाचन अधिकृत दिप नारायण साह मन्तव्य राख्नुभयो।

प्रमुख निर्वाचन अधिकृत मुकुन्द प्रसाद पौडेलले निर्वाचित पदाधिकारी तथा नेवाए कार्यकारिणी परिषद् पाषदका पदाधिकारी तथा पापदहरूलाई वितरण प्रमाणपत्र वितरण गर्नुभयो।

सपथग्रहण

मुकुन्द प्रसाद पौडेलबाट नवनिर्वाचित पदाधिकारीहरूलाई सपथग्रहण गराउँनुभयो।निवर्तमान कार्यसमितिका पदाधिकारीहरूले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई वधाई ज्ञापन गर्दै निर्वाचित अध्यक्षलाई ग्यावेल हस्तान्तरण निवर्तमान अध्यक्षले गर्नुभयो भने सचिवलाई निर्वाचित निवर्तमान सचिवले माइन्यूट हस्तान्तरण गर्नुभयो। कोषाध्यक्षले निर्वाचित कोषाध्यक्षलाई साँचो हस्तान्तरण गरियो।निवर्तमान निर्वाचित सहसचिवलाई निवर्तमान महिला समिति पदेनअध्यक्षले माइन्यूट हस्तान्तरण गर्दै बेलुका ६:०० बजे(Cocktail Dinner) सुरु भएको थियो।



102 Views

Comments