सातै प्रदेशमा मुख्यमन्त्री मन्त्री सभामुख उपसभामुखमा सत्ता गठबन्धन दलले गरे कब्जा, कांग्रेसलाई लाग्यो ठूलो झडका

Bhugolpark

७ माघ, २०७९,१०:३७

प्रदेश १ र गण्डकीमा एमालेको सरकार पाँचै वर्ष राख्ने सहमति

कर्णाली र वागमतीमा पहिलो पालो माओवादी एवं लुम्बिनीमा र सुदूरपश्चिममा एमालेको पहिलो पालो, अढाई वर्षपछि अदलबदल

मधेसमा सुरूमा जसपा र पछि जनमत सरकारको नेतृत्वमा

७ माघ, काठमाडौं ।भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

आजको २१औं शताब्दीमा विश्वका अधिकांश देशहरूले उन्नती र प्रगतिका पाइलाहरू चुमी सकेका छन् यानी यी देशहरूले आर्थिक संवृद्धि हासिल गरी सकेका छन् ।हाम्रो छिमेकी राष्ट्र चीनले त्याहाँको तत्कालिन राष्ट्रपति हुजिन ताउको पालादेखि आर्थिक संवृद्धिको यात्रा सुरु गरेर हालका राष्ट्रपति सि जिन फिङको पालामा आइपुग्दा विश्वकै दोस्रो ठुलो अर्थतन्त्र भएको मुलुक बन्दै सामरिक महत्वको हिस्साबले समेत महाशक्ति राष्ट्र बन्ने होडमा अगाडि बढेको छ ।हाम्रो अर्को छिमेकी राष्ट्र भारतसमेत नरेन्द्र मोदीको पालादेखि स्थिर सरकार भएकोले तिब्र आर्थिक वृद्धि गरिरहेको छ ।

भ्रष्ट्रचारमा लिप्त भन्ने दललाई नै परिवर्तनको नारा लिएर चुनावमा गई जनताबाट अनुमोदित भई निर्वाचित भएका व्यक्ति र दल नै निर्वाचित हुने बितिक्कै ती नै दलको सरकारलाई समर्थन गर्नु र सरकारमा सहभागी नै हुनुलाई लिएर जनता पक्ष र विपक्षमा विभाजन भई समर्थन र विरोधको आवाज उठिरहेको छ ।नेपालको राजनीतिलाई विश्लेषण गरी हेर्दा चुनावको बेला सिद्धान्त मिल्ने दल र उनीहरूसँग राजनीतिक एजेण्डा मिल्ने भएमात्र चुनावी तालमेल गर्नुपर्नेमा जुनसुकै दलहरूसँग चुनावी तालमेल गरेर चुनाव लडने परिपाटीको विकास भएको पाईन्छ।अझ दलबाट चुनावको टिकट नपाएमा स्वतन्त्रबाट उम्मेदवारी दिएर भए पनि चुनाव लडने गरेको पाईन्छ।चुनाव जीतिसकेपछि भने चुनाव लडदाका सहयात्री दलहरूसँग मिलेर सरकार नबनाई जुन सुकै दलसँग मिलेर सरकार बनाउँने र सरकारमा पुगेपछि जनतासँग गरेको बाचालाई तिलान्जली दिई अकुत भ्रष्ट्रचार गर्ने प्रवृती हरेक ठुला दलमा बढेर गएको पाइन्छ ।

गत स्थानीय निकायको चुनावमा काठमाडौँ महानगर पालिकामा वालेन शाह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङ जस्ता केही स्वतन्त्र व्यक्तिहरूको उदय भयो ।झन हालै भएको प्रतिनिधि सभा र प्रदेश सभामा सुशासन र भ्रष्ट्रचार विरुद्ध आवाज उठाएको दल, तराइवादी दल एवं राजावादी दलहरूको पक्षमा विस्तारै जनलहर बढेर गएको मात्र देखिएन उल्यख्य रुपमा प्रतिनिधि सभा र प्रदेश सभामा ती दलबाट अधिकांश युवायुवती विजयी भएर आका छन् ।

आजको २१औं शताब्दीमा दलहरू प्रती विस्तारै नेपाली जनतामा लगाव कम हुदै गएर भिजन र भ्रष्ट्रचार विरुद्ध आवाज उठाएका दलमाथि जनलहर बढेर गएको देखिएको छ।जनताहरू राजनीतिक दलहरूबाट बोलेका कुरा र उनीहरूले चुनावताका घोषणा-पत्रमार्फत तय गरेका चुनावी एजेण्डा तुरुन्त डेलिभरी होसभन्ने चाहान्छन्।विदेशका सरकारहरूले जनताप्रति वफादार भएर भ्रष्ट्रचारमा शुन्यसहनशीलताको नीति अवलम्वन गरेका छन् । भ्रष्ट्रचारीहरूलाई जनताले चुनावबाट हराउँछन्। स्वयम राजनीतिक दलहरूले समेत भ्रष्ट्रचारीहरूलाई जेल पठाउँछन्। त्यसैले गर्दानै युरोप अमेरीकाको त के कुरा गर्नु एशियाली देशहरूलेसमेत आर्थिक क्रान्ती गरी सकेका छन्।

नेपालमा पनि विगतको तुलनामा संघ र प्रदेश सभाको सरकारमा दलबाट विगतको तुलनामा नयाँ अनुहार सहभागी भएका छन।सातै प्रदेशमा मुख्यमन्त्री नयाँ भएका छन्।संघमा पनि परिवर्तनका नारा बोकेका दलहरू सरकारमा सहभागिता जनाएका छन्।त्यसैले अहिले संघ र प्रदेश सरकारमा सहभागिता जनाएका दल र सरकारबाट जनभावना अनुसार राष्ट्रिय हितलाई सर्वोपरिठानी अभूतपूर्व विकास गर्नेछन् र अब नेपालमा आर्थिक क्रान्ति यो सरकारले गर्ने अपेक्षा आम नेपाली जनताको रहेको छ ।

आज भने भूगोल पार्कले प्रदेश १ र गण्डकीमा एमालेको सरकार पाँचै वर्ष राख्ने सहमति भएको एवं कर्णाली र वागमतीमा पहिलो पालो माओवादी एवं लुम्बिनीमा र सुदूरपश्चिममा एमालेको पहिलो पालो, अढाई वर्षपछि अदलबदल हुने साथै मधेसमा सुरूमा जसपा र पछि जनमत पर्टीको नेतृत्वको सरकार गठन गर्ने सहमति सत्ता साझेदार दलहरूले गरेको जानकारी दिनेछौं।

सत्ता साझेदार दलहरूले मुख्यमन्त्री र प्रदेशसभाका सभामुख–उपसभामुखको भागबन्डा गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेर एमाले, माओवादी, राप्रपा, जसपा, जनमतले बाँडफाँट गरेका थिए।सोही सहमतिअनुसार नै छवटै प्रदेशमा सत्ता साझेदार दलहरूले मुख्यमन्त्री र प्रदेशसभाका सभामुख–उपसभामुखमा बाजी मार्न सफल भएको छ भने सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार दलहरूकै सभामुख निर्वाचित भैसकेकाछन् भने नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगाएत राजवन्धीहरूको रिहाई नभएको भन्दै आफ्नो भागमा परेको उपसभामुखमा उम्मेदवारी नदिएकोले चुनावहुन बाँकी छ । केपी ओली र प्रचण्डले नागरिक उन्मुक्ति पार्टीको माग सम्बोधन गर्ने सो पार्टी अध्यक्षसँग सहमति गरी सकेकाछन्। सत्ता साझेदार दलहरू नागरिक उन्मुक्तिलाई पनि संघ र प्रदेशमा समावेश गराउन खोजिएको छ ।

सत्ता साझेदार दलहरूकै सहमतिअनुसार संघमा प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सभामुखमा एमालेका प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरे प्रतिनिधिसभाबाट निर्वाचित भैसक्नुभएको छ भने आज हुने निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहालले उपसभामुखको निर्वाचनमा पनि अस्तीकै प्रक्रिया अनुसार सत्ता गठबन्धन अगाडि बढ्ने बताएकोले इन्दिरा राना मगर उपसभामुख राष्ट्रिय स्वतन्त्रबाट निर्वाचित हुने निश्चित रहेको छ ।

आज भूगोल पार्क सातै प्रदेशमा निर्वाचित मुख्यमन्त्री सभामुख उपसभामुखको बारेमा आम पाठक वर्गलाई सुसूचित गर्ने जमर्को गर्दछ। सातै प्रदेश सरकारले जनभावना अनुसार काम गरोस एवं ती सरकारको पालादेखि देशमा आर्थिक क्रान्ति सुरुहोस् भन्ने कामना गर्न चाहान्छौं । सभामुख उपसभामुखले पनि बोली र व्यवहार दुवैमा निष्पक्ष र तटस्थ भूमिका निभाउन भन्ने कामना गर्दछ।

सत्ता साझेदार दलहरूकै सहमति भए बमोजिमकै दलका उम्मेदवार निर्वाचित भएका छन्।

प्रदेश १ मा मुख्यमन्त्री एमालेका हिक्मत कार्की

सभामुख माओवादी सभामुख बाबुराम गौतम

उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार

प्रदेश २ मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव

सभामुख एमाले सभामुख रामचन्द्र मण्डल

उपसभामुख जनमत उपसभामुख बबिताकुमारी राउत

प्रदेश ३ वागमतीमा मुख्यमन्त्री माओवादी शालिकराम जमकट्टेल

सभामुख राप्रपा सभामुख भुवन पाठक

उपसभामुख एमाले अप्सरा चापागाईं

प्रदेश ४ गण्डकीमा मुख्यमन्त्री एमाले खगराज अधिकारी

सभामुख माओवादी कृष्ण धिताल

उपसभामुख एमाले बिनाकुमारी थापा

प्रदेश ५ लुम्बिनीमा मुख्यमन्त्री एमाले लीला गिरी

सभामुख माओवादी तुलाराम घर्ती

उपसभामुख राप्रपा मेनुका केसी खाँड

प्रदेश ६ कर्णालीमा मुख्यमन्त्री माओवादीका राजकुमार शर्मा

सभामुख एमाले नन्दा गुरुङ

उपसभामुख माओवादी यशोदा न्यौपाने

प्रदेश ७ सुदूरपश्चिममा मुख्यमन्त्री एमालेका राजेन्द्रबहादुर रावल

सभामुख माओवादी भीमबहादुर भण्डारी

उपसभामुख नागरिक उन्मुक्ति चुनावहुन बाँकी

सत्ता साझेदार दलहरूको प्रदेशमा निर्वाचित सांसद

प्रदेश १ मा ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ सहित कुल ६० सांसद थियो।

१ सय ७ सदस्यीय मधेसमा एमालेका २३, जसपाका १६, जनमतका १३ र माओवादीका ९ सहित सत्तापक्षमा ६१ सांसद थियो।

वागमतीमा १ सय १० सदस्यीय वाग्मती प्रदेशसभामा एमालेबाट २७, माओवादीबाट २१ र राप्रपाबाट १३ जना सांसद रहेकाले गठबन्धनको पक्षमा सांसद संख्या ६१ थियो।

गण्डकीमा एमालेको २२, माओवादीको ८ र राप्रपाको २ सिट छ, यसरी गठबन्धनले ३२ सिट थियो।

लुम्बिनीमा ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, माओवादीका ९, राप्रपाका ४, जसपाका ३ र जनमतका ३ सहित गठबन्धनको पक्षमा ४८ सांसद थिए ।

कर्णालीको ४० सदस्यीय प्रदेशसभामा माओवादीबाट १३, एमालेबाट १०, राप्रपाबाट १ सांसद थियो। यहाँ नयाँ सरकारको पक्षमा २४ सांसद हुनेछन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीबाट ११, एमालेबाट १०, नागरिक उन्मुक्ति पार्टीबाट ७, जनमतबाट ४ र राप्रपाबाट १ सांसद



291 Views

Comments