नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान,केन्द्रीय कार्यलय नास्टद्वार राष्ट्रिय नवप्रवर्तन सम्मेलन आगामी माघ १० गतेहुँदै

Bhugolpark

१३ चैत्र, २०८०,१८:०९

६ माघ, काठमाडौं । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

भूगोल पार्कले आज नेपालमै पहिलो पटक राष्ट्रिय नवप्रवर्तन सम्मेलन आगामी माघ १० गते आयोजना गर्न लागेको र सो आयोजना नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा--प्रतिष्ठानले यूके एड तथा द एशिया फाउन्डेशनसँगको सहकार्यमा हुन लागेको कार्यक्रमको प्रेस नोटको बारेमा पाठक वर्गलाईं जानकारी दिनेछौं

सम्मेलनका क्रममा नेपाल विज्ञान तथा प्रविधि र नवप्रवर्तन नीति राष्ट्रिय नवप्रवर्तन सूचकाङ्क तथा राष्ट्रिय नवप्रवर्तन सूचकाङ्क जस्ता विषयमा छलफल हुने जनाएका छन् ।सो कार्यक्रमले प्रज्ञिक क्षेत्र सरकार र सेवा क्षेत्रमा क्रियाशिल अभ्यासलाईं एक ठाउँमा ल्याउँने जनाएका छन्।देशमा अनुसन्धान र विकासलाई बढावा दिन दिगो विकास लक्ष्य हासिल गर्न नवप्रवर्तन प्रतिभाहरूलाईं एक ठाउँमा ल्याउँन तथा उनीहरूको भूमिकालाई विस्तार गर्न र विश्व नवप्रवर्तन सूचकाङ्कमा नेपालको स्थान सुधार गर्ने बाटो पहिल्याउन राष्ट्रिय नवप्रवर्तन सम्मेलन आवश्यक रहेको आयोजकले जनाएको छन्।उनीहरूले मुलुकको अर्थतन्त्र विकासको लागि आवश्यक क्षेत्रहरूको पहिचानलाई उजागर गर्ने कार्यका लागि सम्मेलन एउटा माध्यमका रुपमा काम गर्ने बताएका छन् । प्रविधिक जनशक्ति र नीति निर्माताहरूलाई एउटै स्थानमा ल्याएर नवप्रवर्तनका लक्ष्य प्राप्ति गर्ने दिशामा विद्यमान रहेको समस्यालाई पहिचान गरी समाधानको बाटो समेत पहिचान गर्ने जनाएको छ । सम्मेलनका क्रममा नवप्रवर्तनको क्षेत्रमा क्रियाशील प्रतिभा प्रर्दशनका साथै नवप्रवर्तन र लगानीकर्ताहरूलाई प्रोत्साहन गर्ने जनाएको छ ।

आफ्नो नवप्रवर्तन साझेदारीको अवसर पाउने जानकारी दिएका छन् ।सम्मेलनमा नास्ट, एशिया फाउन्डेसनका साथै नक्सा र रोबोटिक्स एसोसियसन अफ नेपाल (र्यान)समेत आयोजकका रुपमा रहेको जानकारी प्राप्त भएको छ ।सो कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङघ र यूएसएआईडीको साथ टेकपान मिडिया पाटनरको रुपमा रहेको जानकारी दिइएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड),अतिथिका रुपमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाललाई निमन्त्रणा गरिएको जानकारी प्राप्त भएको छ । त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्य, विश्वविद्यालयका उपकूलपतिहरू, राष्ट्रिय योजना आयोगका विभिन्न व्यक्तित्वहरूलाई वक्ताको रुपमा निमन्त्रणा गरेको आयोजकले जनाएको छ ।

अन्तराष्ट्रिय वक्ताको रुपमा एशिया फाउन्डेसनका अध्यक्ष डेविड अनार्ड, आर रामानन, प्रथम मिसन डिरेक्टर अतुल्य मिसन इन्नोभेसन, नीति आयोजना इन्डिया र ओलिभर शान, उपाध्यक्ष ग्लोबल रोबोटिक्स क्लस्टर रहेको जानकारी प्राप्त भएको छ ।अन्य वक्तामा योङ्ग इन्नोभेसन ल्याबका सीईओ विभूषण विष्ट, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोखरेल, उद्योग वाणिज्य महासङ्घका स्टार्ट-अप एड इन्नोवेसन कमिटि अध्यक्ष रंजित आचार्य, नास्टका प्रज्ञ डा रमेशकुमार मास्के, राष्ट्रिय आविश्कार केन्द्रका अध्यक्ष महावीर पुन, नास्टका प्रविधि सङ्काय प्रमुख रविन्द्र ढकाल लगायतको उपस्थिति हुने आयोजकले बताएको छ ।

भूगोल पार्क परिवारको तर्फबाट नेपालमै पहिलो पटक राष्ट्रिय नवप्रवर्तन सम्मेलन आगामी माघ १० गते सम्मेलन आयोजना गर्न लागेको कार्यक्रम भव्य रुपमा सफलहोस् भन्ने हार्दिक कामना गर्दै आयोजक टिमको उत्तरोत्तर प्रगती एवं संवृद्धिको मंगलमय शुभ कामना व्यक्त गर्दछौं ।



84 Views

Comments