रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुखमा उम्मेदवार उठाउने

Bhugolpark

६ माघ, २०७९,१२:१३

प्रधानमन्त्री पुष्पकमल दाहालले उपसभामुखको निर्वाचनमा पनि हिजोकै प्रक्रिया अनुसार सत्ता गठबन्धन अगाडि बढ्ने बताएकोले इन्दिरा राना मगर उपसभामुख राष्ट्रिय स्वतन्त्रबाट निर्वाचित हुने निश्चित रहेको छ । 

६ माघ, काठमाडौं । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

भूगोल पार्कको दृश्टिकोणमा नेकपा माओवादी पार्टीलाई नेपाली कांग्रेसले विश्वासमा लिन नसक्नाले प्रतिनिधिसभामा र प्रदेशसभामा कांग्रेसले एकपछि अर्को हार बेहोरी रहेको छ भने नेकपा एमाले लगाएत सत्ता गठबन्धन दलले एकपछि अर्को सफलता हासिल गरिरहेको छ तर नेपाली कांग्रेसका प्रभावशाली नेताहरू भने यसलाई आम्सिक सफलता ठान्छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखमा उम्मेदवार उठाउने भएको छ ।

शुक्रबार बिहान संसदीय दलको बैठकमा उक्त निर्णय भएको रास्वपाका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले बताए । मगरको मनोनयनमा साेबिता गौतम प्रस्तावक रहने पनि ढकालले जानकारी दिए । यसअघि गौतमलाई नै उपसभामुखको उम्मेदवार बनाउने बताइएको थियो ।

को हुन् इन्दिरा राना मगर ?

विक्रम संवत २०२७ सालमा झापाको शनिश्चरेमा जन्मिएकी इन्दिरा राना मगर बन्दी सहायता नेपाल नामक संस्थाकी संस्थापक अध्यक्षसमेत हुन् । उनले उक्त संस्था सन् २००० मा स्थापना गरेकी हुन् । उनलाई बीबीसीले सन् २०१७ मा १०० प्रभावशाली तथा प्रेरणादायी महिलाको सूचीमा समेत राखेको थियो । उनले काठमाडौंलगायत देशका विभिन्न जिल्लामा कैदीबन्दीका रूपमा रहेका आमाबुवाका छोराछोरीको लालनपालन तथा शिक्षामा सहयोग गरिरहेकी छिन् ।

रानाको संस्थाले १२ वटा बालगृह, २ वटा विद्यालय, ४ वटा दिवा हेरचाहका साथै विभिन्न सामाजिक काम गर्दै बएको छ । उनलाई सन् २०१४ मा स्विडेनकी रानी सिल्भियाले वर्ल्ड चिल्ड्रेन्स अनररी अवार्ड पनि प्रदान गरेकी थिइन् । त्यस्तै उनी एसिया-२१ लिडर्स, अशोका फेलोबाट समेत सम्मानित भइसकेकी छिन् ।



479 Views

Comments