हत्या अभियोग लागेका सांसद् लक्ष्मी महतो कोइरीले मतदान गर्न पाउँदैनन्: सांसद् रामहरी खतिवडा

Bhugolpark

५ माघ, २०७९,१४:३५

५ माघ, काठमाडौं । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

नेपाली कांग्रेसका सांसद् रामहरी खतिवडाले सभामुखको निर्वाचन प्रक्रियामा हत्या अभियोग लागेका सांसद् लक्ष्मी महतो कोइरीले मतदान गर्न नपाउने व्यवस्था गरेर मात्रै थप कारबाही अगाडि बढाउन माग गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको जानकारी पत्रकारहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई गराउँदै हत्या अभियोग लागेका नेकपा एमालेका सांसद् लक्ष्मी महतो कोइरीलाईं किन प्रहरी प्रशासन लगाएर पक्राउँ गर्नुभएन ? भनी प्रश्न सोधेका थिए । पत्रकारहरूले सोधेको सो प्रश्नको जवाफ दिदै उपप्रधान एवं गृहमन्त्री रविले तपाईंहरूले जानकारी दिएपछि मात्र आफूले थाहाँ पाएकोले तुरुन्त पक्राउँ गर्ने बताएका थिए ।त्यसैले सभामुखको निर्वाचन प्रक्रियामा सहभागिता जनाउँन हत्या अभियोग लागेका सांसद् लक्ष्मी महतो कोइरी आज आउँछन् वा आउँदैनन् ? आएभने उपप्रधान एवं गृहमन्त्री रविले गृह प्रशासनलाईं कस्तो आदेश देलान ? भनी आम नागरिकहरू बेग्र पतिक्षा गरी बसेका छन् ।

'अहिले सभामुखको निर्वाचन हुँदैछ । आज सभामुखको निर्वाचन हुने बेलामा हत्या अभियोग लागेका सांसद्हरु पनि यहीँभित्र छन् भन्ने सुनिन आएको छ । म गृहमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु हामी चिन्दैनौं उहाँलाई । यदि उपस्थित हुनुहुन्छ भने उहाँलाई मतदान प्रक्रियामा भाग लिन पाउने/नपाउने निर्क्योल गरेर मात्रै सभा सञ्चालन गरियोस् भन्ने माग गर्न चाहन्छु,' खतिवडाले भने ।

उनले सो माग अगाडि राखेपछि सभामुखको भूमिका निर्वाह गरिरहेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले एमाले सांसद् सुवास नेम्वाङलाई देवाराज घिमिरेलाई सभामुख बनाइयोस् भन्ने प्रस्तावको पक्षमा बोल्न समय दिएका छन् ।

संसद्‌मा आज सभामुख चयन गर्ने कार्यतालिका रहेको छ ।

सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेका सांसद लक्ष्मी महतो कोइरी निर्बाध संसद् आउजाउ गर्दा पनि पक्राउ परेका छैनन् । प्रहरीको फरार सूचीमा रहेकै बेला महोत्तरी–१ बाट निर्वाचित कोइरीले पुस ७ मा प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए । उनले पुस २६ मा संघीय संसद्‍मा गएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका थिए ।

कोइरी मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् ।



187 Views

Comments