मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले पाए विश्वासको मत

Bhugolpark

४ माघ, २०७९,१८:०५

२९ पुस, काठमाडौं ।भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

मधेसमा सुरूमा जसपा र पछि जनमत सरकारको नेतृत्वमा सरकार बनाउँने निर्णय सत्तारुढ दलको बैठकबीच सहमति भएको हाम्रा पाठक वर्गमा जानकारी गराउँन चाहान्छौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाएका छन् । सातै प्रदेश सरकारका मुख्यमन्त्री र सरकारहरूलाई भूगोल पार्कको तर्फबाट हार्दिक बधाई एवं अब बन्ने सरकारको पालादेखि देशमा आर्थिक क्रान्ति सुरुहोस् भन्ने कामना गर्न चाहान्छौं ।नेपाली कांग्रसले भने ‘भुइको टिप्न खोज्दा पोल्टाको समेत सबै गुमाए’को देखियो ।

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री यादवलाई १ सय २ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उनले विश्वासको मत पाएका हुन् ।

प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले पक्षमा १ सय २ र विपक्षमा शून्य मत खसेको सदनलाई जानकारी दिए । १०५ सदस्यीय प्रदेशसभामा ३ जना सांसद अनुपस्थित रहे । यादवले प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरेका छन् भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दलले उनलाई विश्वासको मत दिएको छ ।

पुस २७ गते प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई नेपाली कांग्रेस,लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको थिएन । पछि लोसपाका ९ जना प्रदेशसभा सदस्यले पनि समर्थन दिंदा उनले ७२ सांसदको समर्थन पाएका थिए ।

त्यस्तै,नेपाली कांग्रेस संसदीय दलको बुधबार बिहान बसेको बैठकले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको थियो । प्रदेशसभामा ७ जना मात्र सांसद रहेको नेकपा एकीकृत समाजवादी पार्टीले पनि पक्षमा मतदान गरेको छ ।

मुख्यमन्त्री यादवले अब नेकपा एमालेका २४,कांग्रेसका २२,जसपाका १६, जनमत पार्टीका १३,लोसपाका ९, नेकपा माओवादी केन्द्रका ७, नेकपा एकीकृत समाजवादीका ७,नागरिक उन्मुक्ति पार्टीका १,राष्ट्रिय प्रजातन्त्र पार्टीका १,नेपाल संघीय समाजवादी पार्टीका १ तथा पाँचजना स्वतन्त्र प्रदेशसभा सदस्यहरु सहित १०२ प्रदेश सांसदको समर्थन छ । 

प्रदेशसभामा हाल १०५ सांसद छन् । माओवादीका दुईजना सांसदको शपथ विवादको कारण रोकिएको छ ।

मधेश प्रदेशका सभामुख मण्डल र उप–सभामुख राउतले लिए शपथ

जनकपुरधाम :मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिता कुमारी राउत ईशरले पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ लिए लगत्तै सभामुख र उपसभामुखले पदभार ग्रहण पनि गरेका छन् । 

प्रदेश प्रमुख हरिशंकर मिश्रले सभामुख मण्डल र उपसभामुख ईशरलाई पद तथा गोपनीयताको शपथ खुवाएपछि प्रदेशसभा पुगेर उनीहरुले पदभार सम्हालेका हुन् ।

पदभार ग्रहणसँगै सभामुख मण्डलले प्राथमिकताका आधारमा काम अघि बढाउने प्रतिक्रिया दिएका छन् । सभामुख मण्डलले भने,‘काम अगाडि बढ्दै जाँदा तपाईंहरुले कति काम हुन्छ थाहा पाउनु हुनेछ ।’

मंगलबार बसेको प्रदेशसभा बैठकमा मण्डललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा ७४ मत अर्थात् बहुमत सदस्यको समर्थन प्राप्त भएको थियो । कूल १०७ सदस्यीय प्रदेशसभामा १०३ जनाले मतविभाजन प्रक्रियामा सहभागिता जनाएका थिए ।

मण्डललाई सत्ता गठबन्धन दल एमाले,जसपा,माओवादी,जनमत,लोसपा,राप्रपा,नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्र संसादहरुको समर्थन थियो । प्रदेशमा एमालेका २३,कांग्रेसका २२,जसपाका १६,जनमतका १३,माओवादीका ७,लोसपाका ९,नेकपा एकीकृत समाजवादीका ७,राप्रपाका १, नेपाल संघीय समाजवादीका १ र स्वतन्त्र ५ जना सांसद छन् ।

प्रदेशसभाका सभाध्यक्ष (ज्येष्ठ सदस्य) गोविन्द बहादुर न्यौपानेले भने मतविभाजन प्रक्रियामा सहभागिता जनाएनन् । सभामुखमा चयन हुन ५२ मत आवश्यक रहेकोमा मण्डलको पक्षमा ७४ मत परेको थियो । उनको विपक्षमा २९ मत खसेको थियो ।


165 Views

Comments