सभामुखमा एमालेका घिमिरेले गरे मनोनयन दर्ता

Bhugolpark

४ माघ, २०७९,१३:३०

४ माघ, काठमाडौं । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । 

प्रतिनिधि सभाको सभामुख चयन गर्न माघ ५ गते ११ बजे निर्वाचन हुने भएको छ।

 संघीय संसद सचिवालयले सभामुख पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो,जसअनुसार प्रतिनिधि सभाको सभामुख चयन गर्न माघ ५ गते ११ बजे निर्वाचन हुने भएको छ। संघीय संसद सचिवालयले सभामुख पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गरेसँगै भावी सभामुख र राष्ट्रपतिमा कुन पार्टीले वाजीमार्ला भनी बजारमा विभिन्न आकलन सुरु भएको छ ।झन प्रस्तावक र समर्थकमा माओवादी नदेखिनुले कतै नेपाली कांग्रसलाई सभामुखमा सघाउँने त हैन् भन्ने कौतुहलता आम नागरिकमा बढेर गएको छ भने संघीय संसदको सभामुख चयनमा माओवादी पार्टी नै निर्णाएक हुने भूगोल पार्कको आँकलन छ ।

 प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । बुधबार संसद् सचिवालयमा उनले प्रतिनिधिसभाको सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछानेलगायत रहेका छन् ।

झापा-२ बाट निर्वाचित भएर पहिलोपटक प्रतिनिधिसभा सदस्य बनेका घिमिरे ०५६ मा राष्ट्रिय सभा सदस्य चुनिएका थिए । अहिले उनी एमालेको स्थायी कमिटी सदस्य छन् ।

सभामुख पदमा एमाले र उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने सत्ता साझेदार दलहरूको सहमति रहेको छ । एमालेमा सभामुखका लागि पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, छविलाल विश्वकर्मा र विद्या भट्टराई चर्चामा थिए ।

सभामुख पदको बिहीबार हुने निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन गर्ने संघीय संसद् सचिवालयको कार्यतालिका छ ।


147 Views

Comments