बागमतीकी उपसभामुख अप्सरा चापागाईंले लिइन् शपथ

Bhugolpark

३ माघ, २०७९,१६:५७

३ माघ, हेटौंडा । बागमती प्रदेशसभा उपसभामुख अप्सरा चापागाईंले आज शपथ लिएकी छन् ।

प्रदेश प्रमुख कार्यालय हेटौंडामा आयोजित समारोहमा उनलाई सभामुख भुवन पाठकले शपथ गराएका हुन् ।

सोमबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट एमालेकी उम्मेदवार चापागाईं ६१ मत प्राप्त गरि निर्वाचित भएकी थिइन् ।



182 Views

Comments