३ माघ, काठमाडौं । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।
प्रतिनिधि सभाको सभामुख चयन गर्न माघ ५ गते ११ बजे निर्वाचन हुने भएको छ।
संघीय संसद सचिवालयले सभामुख पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो,जसअनुसार प्रतिनिधि सभाको सभामुख चयन गर्न माघ ५ गते ११ बजे निर्वाचन हुने भएको छ। संघीय संसद सचिवालयले सभामुख पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गरेसँगै भावी सभामुख र राष्ट्रपतिमा कुन पार्टीले वाजीमार्ला भनी बजारमा विभिन्न आकलन सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस पार्टीसहितको दलहरूसँग सर्वदलीय वैठकको आवहान गरेका छन् ।त्यसैले भावी सभामुख र राष्ट्रपतिमा कुन पार्टीले वाजीमार्ला भनी बजारमा यत्रतत्र सर्वत्र चर्चापरिचर्चा चलिरहेको छ ।नेकपा एमाले कतै माओवादीलगाएत सत्ता गठबन्धन दलहरूले धोका दिनेत हैन भनी सशंकित भएको छ ।
प्रतिनिधि सभाको सभामुख चयन गर्न माघ ५ गते ११ बजे निर्वाचन हुने भएको छ।
संघीय संसद सचिवालयले सभामुख पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
सचिवालयका अनुसार प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ बमोजिम सभामुख निर्वाचनको तालिका सार्वजनिक गरिएको हो।
जसअन्तर्गत माघ ४ गते बुधबार दिनको १ बजेदेखि चार बजेसम्म प्रतिनिधि सभाका कुनै सांसदलाई सभामुख पदमा निर्वाचन गरियोस् भन्ने प्रस्तावको सूचना दर्ता गरिने छ। यसको लागि संघीय संसदको ल्होत्से हल तोकिएको छ।
त्यस्तै सोही दिन सवा चार बजे निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको सूचना दर्ता क्रम अनुसारको सूची प्रकाशन गरिने संसद सचिवालयले जनाएको छ।
बिहीबार ११ बजे सुरु हुने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव पेस गर्ने र समर्थकले समर्थन गर्ने तथा उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल गरी निर्णयार्थ पेस हुने संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए।
सभामुख पदमा उम्मेदवारी दिने सांसदको एक प्रति फोटो र नेपाली नागरिकताको प्रतिलिपि हुनुपर्ने सचिवालयले जनाएको छ।
Comments