सुदूरपश्चिमको सभामुखमा माओवादीका भीम भण्डारी निर्वाचित

Bhugolpark

३ माघ, २०७९,१२:३०

सुदूरपश्चिम मुख्यमन्त्री नेकपा एमालेका राजेन्द्र सिंह रावल भएका छन् ।

प्रदेश ७ ले मुख्यमन्त्री सभामुख उपसभामुख निर्वाचित गरिसकेको छ ।नेकपा एमालेले मुख्यमन्त्री र उपसभामुखमा र नेकपा माओवादीले सभामुखमा बाजी मार्न सफल भएको छ ।उहाँहरूसबैलाई भूगोल पार्कको तर्फबाट हार्दिक बधाई एवं सुशासनको सफलताको शुभ कामना ।

धनगढी — सुदूरपश्चिम प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका सांसद भीमबहादुर भण्डारी निर्वाचित भएका छन् । मंगलबार भएको मतदानमा उनले २९ मत पाएर बहुमत प्राप्त गरेका हुन् ।

सअघि लगातार दुई पटक भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेर सभामुख चयनमा सकस भएको सुदूरपश्चिममा तेस्रो पटकको मतदानबाट सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका सांसद भण्डारी निर्वाचित भएका हुन् । उनी बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (२) बाट निर्वाचित सांसद हुन् ।

मंगलबार भएको मत विभाजनमा भण्डारीले २९ मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन २७ मत आवश्यक हुन्छ । सत्ता गठबन्धनका साझेदार दलहरु माओवादी केन्द्र ११, एमाले १०, नागरिक उन्मुक्ति ७ र राप्रपाका एक सांसदले उनलाई सघाएपछि उनी निर्वाचित हुन सफल भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार मानबहादुर रावलले २० मत प्राप्त गरेका छन् । रावलको मतदानमा भने चार जना सांसद अनुपस्थित रहेका थिए ।

पहिलो दिन पुस २८ गते भएको मतदानमा एक मत नपुगेर भण्डारी निर्वाचित हुन सकेका थिएनन् । मतदानमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी र एमाले सांसद चक्र मल्ल अनुपस्थित तथा एक मत बदर भएको थियो ।

दोस्रोपटक शनिबार पुनः मतदानमा पनि गठबन्धनका उम्मेदवार भण्डारीको पक्षमा २२ मत आएको थियो । दोस्रो दिन नागरिक उन्मुक्तिका ७ जना सांसदहरु तटस्थ बसेपछि अघिल्लो दिनको मतभन्दा पनि घटेको थियो ।


270 Views

Comments