मन्त्रिपरिषद् विस्तार आज : कुन पार्टीलाई कति र कुन मन्त्रालय ?

Bhugolpark

३ माघ, २०७९,११:२३

३ माघ, काठमाडौं । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

आझ सरकारमा सहभागीहुने उपप्रधानमन्त्री मन्त्री र राज्यमन्त्रीहरूलाई भूगोल पारको तर्फबाट हार्दिक बधाई एवं उनीहरूको पालादेखि देशमा आर्थिक क्रान्ति सुरुहोस् भन्ने कामना गर्न चाहान्छौं ।

मन्त्रिपरिषद् आज विस्तार हुँदै छ । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । सोमबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबन्डाको टुंगो लगाएको थियो । 

दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

नेकपा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । 

एमालेले मन्त्री बन्ने चार जनाको नाम टुंगो लगाएको छ । एमालेको भागमा परेको आठ मध्ये चार जना यसअघि नै मन्त्री बनिसकेका छन् । मंगलबा नयाँ पठाउन लागिएका मन्त्रीहरुमा विमला राई पौड्याल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेति छन् ।

पौड्याल राष्ट्रिय सभाकी सांसद हुन् । उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने निश्चित छ । त्यसबाहेक अन्य सबै प्रतिनिधि सभाका निर्वाचित सांसद हुन् । कसलाई के जिम्मेवारी दिने भन्नेबारे अन्तिम टुंगो लगाउन प्रधानमन्त्री एमाले अध्यक्षबीच बालुवाटारमा छलफल हुँदैछ ।

 सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीको भागमा चार वटा मन्त्रालय परेको छ ।

सञ्चारमन्त्रीमा रेखा शर्मा, सुदनलाई पर्यटन मन्त्रालय ३ माघ, काठमाडौं । माओवादी केन्द्रबाट रेखा शर्मा र सुदन किराँती मन्त्री बन्ने पक्का भएको छ । तेस्रो मन्त्रीको नाम भने टुंगिन बाँकी रहेका नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीको भागमा चार वटा मन्त्रालय परेको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।

अब तीन मन्त्री पठाउनुपर्छ । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पार्टी पदाधिकारीहरुसँग छलफल गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मंगलबार सरकारमा मन्त्रीहरू थप हुने भएका छन्।

सभापति रवि लामिछाने यसअघि नै उपप्रधानसहित गृहमन्त्री भइसकेका छन्।

सत्ता साझेदार दलहरूको बैठकमा रास्वपालाई गृह, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय दिने समझदारी बनेको छ।

रास्वपाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा काठमाडौं ६ बाट निर्वाचन जितेका शिशिर खनाललाई पठाउने भएको छ। रास्वपाले विषय विज्ञता हेरेर मन्त्री पठाउने तयारी गरेको छ। खनाल 'टिच फर नेपाल'का संस्थापक हुन्, उनले लामो समय शिक्षा क्षेत्रमा काम गरेका थिए।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल (डिपी) लाई पठाउने तयारी छ। अर्याल रास्वपाका उपसभापति पनि हुन्। धादिङ घर भएका उनी समानुपातिक तर्फबाट सांसद भएका थिए।अर्याल रेमिट्यान्स व्यवसायी पनि हुन्। उनले केही समय जापानमा रहेर श्रम तथा रोजगारका क्षेत्रमा पनि काम गरेका थिए। सोही अनुभवका आधारमा उनलाई श्रम मन्त्री बनाउन लागिएको छ।

साथै एक राज्यमन्त्री पनि रास्वपाले पाउनेछ। स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीलाई पठाउने भएको छ । गठबन्धनबाट रास्वपाले पनि उपसभामुख पनि पाएको स्रोत बताउँछ ।

जनमत पार्टीले एक मन्त्री पाउनेछ ।नागरिक उन्मुक्ति र लोसपालाई भागबन्डा गरिएको छैन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने भएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री एवं उर्जा, जलस्रोत तथा सिंचाइ हुने भएका छन् ।

राप्रपाका एक पदाधिकारीले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार सहरी विकास मन्त्रीमा मा.विक्रम पाण्डे, मा.ध्रुबबहादुर प्रधान - कानुन मन्त्री, मा.दिपकबहादुर सिंह - उर्जा राज्यमन्त्री बन्ने भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिउँसो मन्त्रिपरिषद विस्तार गर्दैछन्। प्रतिनिधि सभामा दिउँसो मन्त्रिपरिषद विस्तार गर्दैछन्। प्रतिनिधि सभामा राप्रपाबाट १४ जना सांसद छन्।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलमा सो पार्टीलाई दुई मन्त्रालय दिनेबारे सहमति भएको भनिएका बेला उनले भने पार्टीको लागि न्यायोचित तथा सम्मानजनक अवस्था भएमा मात्र सरकारमा सहभागिता हुने बताए । अन्यथा सरकारमा सहभागी नहुने उनको भनाइ थियो ।

राष्ट्रपति र सभामुख पदमा गठबन्धनको तर्फबाट नेकपा (एमाले)का उमेदवार रहनेछन् । यी दुई पदसँगै सत्तारूढ सबैभन्दा ठूलो दल एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।


201 Views

Comments