गण्डकी उपसभामुखमा बिनाकुमारी निर्वाचित

Bhugolpark

२ माघ, २०७९,१६:३४

पोखरा: प्रदेश ४ गण्डकी प्रदेशसभाको उपसभामुखमा एमालेकी बिनाकुमारी थापा निर्वाचित भएकी छन् । प्रदेश ४ गण्डकी ६० सांसद

निर्वाचनमा उनको पक्षमा ३२ र विपक्षमा २६ मत परेको छ। गण्डकी प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । दीपक मनाङे तटस्थ बसे ।

प्रदेश ४ ले मुख्यमन्त्री गण्डकी प्रदेशसभामा एमाले संसदीय दलका नेता खगराज अधिकारीले विश्वासको मत लिइसकेका छन् ।

२९ पुस, काठमाडौं ।भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

प्रदेश ४ ले मुख्यमन्त्री सभामुख उपसभामुख निर्वाचित गरिसकेको छ ।नेकपा एमालेले मुख्यमन्त्री र उपसभामुखमा र नेकपा माओवादीले सभामुखमा बाजी मार्न सफल भएको छ ।उहाँहरूसबैलाई भूगोल पार्कको तर्फबाट हार्दिक बधाई एवं सुशासनको सफलताको शुभ कामना ।

गण्डकी प्रदेशसभाको उपसभामुखमा एमालेकी बिनाकुमारी थापा निर्वाचित भएकी छन् । प्रदेशसभाको सोमबारको बैठकमा थापालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा उनको पक्षमा ३२ मत परेको हो । विपक्षीमा २६ मत परेको छ ।

मतविभाजन प्रक्रियामा सहभागी ५८ सांसदमध्ये धिताललाई उपसभामुखमा निर्वाचित गरिओस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएसँगै उनी संसदको दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

नेपालको संविधानको धारा १८२ (१) बमोजिम प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख वा उपसभामुख निर्वाचित भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । १५ दिनको सीमा २ माघ थियो ।

उनको पक्षमा एमालेका २१, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद १ जना ले मत जाहेर गरेका हुन् । प्रदेशसभा सचिवालयका अनुसार उपसभामुखमा नेपाली कांग्रेसबाट पार्वती तामाङ पनि उम्मेदवार थिइन् ।

उपसभामुख निर्वाचित थापा बागलुङकी हुन् । उनी समानुपातिक कोटाबाट प्रदेश सदस्य निर्वाचित भएकी हुन् । त्यस्तै, लमजुङकी पार्वती तामाङ नेपाली कांग्रेसबाट समानुपातिक सदस्य बनेकी हुन् ।

मुख्यमन्त्री एमालेको भागमा परेको गण्डकीमा सभामुख सत्तारुद माओवादी केन्द्रले पाइसकेको छ । सभामुखमा गोरखाका कृष्णप्रसाद धिताल ‘विजय’ गत ३० पुसमा निर्वाचित भइसकेका छन् । उनको पक्षमा पनि समान ३२ मत र विपक्षमा २६ मत परेको थियो ।

२०७४ सालको चुनावबाट पनि प्रदेशसभामा माओवादीबाट सभामुख र एमालेबाट उपसभामुख निर्वाचित भएका थिए । त्यसबेला सभामुखमा नेत्रनाथ अधिकारी र उपसभामुख सिर्जना शर्माले ५ वर्षसम्म कार्यकाल चलाएर बिदा भइसकेका छन् ।

गण्डकी प्रदेशसभामा एमाले संसदीय दलका नेता खगराज अधिकारी २५ पुसमा नेपालको संविधान १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । उनले सपथ ग्रहणकै दिन चार सदस्यीय मन्त्रिमण्डल बिस्तार गरेका थिए ।

यस वर्षको प्रदेश सभा निर्वाचनबाट सबैभन्दा बढी २७ सिट जितेर नेपाली कांग्रेस ठूलो दल बनेको हो । यद्यपि केन्द्रमा राजनीतिक जोडघटाउले कांग्रेस प्रमुख प्रतिपक्षमै सीमित भएको छ । यहाँ दोस्रो ठूलो दल एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद (राजीव गुरुङ) गरी कुल ६० सदस्य छन् ।


158 Views

Comments