विराटनगर : प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छन्।
निर्वाचनमा उनको पक्षमा ५७ र विपक्षमा ३३ मत परेको छ।माओवादीको कोटाबाट निर्वाचित सभामुख बाबुराम गौतम निर्वाचनमा तटस्थ बसे एमाले सांसद उमाकान्त गौतम र मीना श्रेष्ठ अनुपस्थित रहे।
प्रदेश नम्बर १ का मुख्यमन्त्री नेकपा एमालेका हिक्मत कार्कीले हिजै विश्वासको मत लिइसकेका छन् ।
२९ पुस, काठमाडौं ।भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।
प्रदेश १ ले मुख्यमन्त्री सभामुख उपसभामुख निर्वाचित गरिसकेको छ ।नेकपा एमालेले मुख्यमन्त्री र उपसभामुखमा र नेकपा माओवादीले सभामुखमा बाजी मार्न सफल भएको छ ।उहाँहरूसबैलाई भूगोल पार्कको तर्फबाट हार्दिक बधाई एवं सुशासनको सफलताको शुभ कामना ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री नेकपा एमालेका हिक्मत कार्कीले हिजै विश्वासको मत लिइसकेका थिए । ९३ सदस्यीय प्रदेशसभामा:पक्षमा ५९ सांसद विपक्षमा ३२ मत खसेको थियो ।त्यस्तै कांग्रेसका सांसद प्रदीपकुमा सुनुवार भने अनुपस्थित थिए । सभामुख बाबुराम बाबुराम गौतमले निर्णायक मत हाल्न नपरेकोले विश्वासको मतमा सहभागी भएका थिएनन् ।
प्रदेशसभा सचिवालयमा शनिबार भएको निर्वाचन प्रक्रियाबाट ४६ वर्षीया दनुवार उपसभामुख पदमा निर्वाचित भएकी हुन्।
निर्वाचनमा उनको पक्षमा ५७ र विपक्षमा ३३ मत परेको छ। निर्वाचनमा सभामुख तटस्थ बसे भने एमाले सांसद उमाकान्त गौतम र मीना श्रेष्ठ अनुपस्थित रहे। निर्वाचनमा कुल ९० जना प्रदेश सभा सदस्यहरूको सहभागिता रहेको थियो।
Comments