धरौटिमा रिहा भए क्रिकेट खेलाडी सन्दिप लामिछाने

Bhugolpark

११ बैशाख, २०८१,१७:३५

२९ पुस, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनले बिहीबार नाबालिका बलात्कार अभियोगमा केन्द्रीय कारागारमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । बिहीबार पाटन उच्च अदालतले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिए पनि शुक्रबार दिउँसो मात्र धरौटी बुझाएर उनी रिहा भएका हुन् । धरौटीमा छाड्ने आदेश दिएपछि सन्दीप शुक्रबार धरौटी बुझाएर रिहा भएका हुन् ।

उनलाई केन्द्रीय कारागारबाट पहिले उच्च अदालत पाटन लगिएको थियो । अदालती प्रक्रिया पूरा गरेर उनी रिहा भएका हुन् ।


238 Views

Comments