मुख्यमन्त्री कार्कीले र अधिकारीले पाए विश्वासको मत

Bhugolpark

२९ पुष, २०७९,१७:१०

 प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् ।

२९ पुस, काठमाडौं ।भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

 प्रदेश सरकारबाट मुख्यमन्त्री र सरकारहरुलाई भूगोल पारको तर्फबाट हार्दिक बधाई एवं अब बन्ने सरकारको पालादेखि देशमा आर्थिक क्रान्ति सुरुहोस् भन्ने कामना गर्न चाहान्छौं ।नेपाली कांग्रसले भने ‘भुइको टिप्न खोज्दा पोल्टाको समेत सबै गुमाए’को देखियो ।

सत्ता साझेदार दलहरूले मुख्यमन्त्री र प्रदेशसभाका सभामुख–उपसभामुखको भागबन्डा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बैठक बसेर एमाले, माओवादी, राप्रपा, जनमतले बाँडफाँट गरेका हुन्, जसमा नागरिक उन्मुक्तिलाई पनि समावेश गराउन खोजिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

९३ सदस्यीय प्रदेशसभामा:पक्षमा ५९ सांसद विपक्षमा ३२ मत

कांग्रेसका सांसद प्रदीपकुमा सुनुवार भने अनुपस्थित भने सभामुख बाबुराम बाबुराम गौतमले निर्णायक मत हाल्न नपरेकोले विश्वासको मतमा सहभागी भएनन् ।

मोरङ — प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । ९३ सदस्यीय प्रदेशसभामा ५९ प्रदेश सांसदले विश्वासको मतका लागि मुख्यमन्त्री कार्कीले सदनमा राखेको प्रस्तावको पक्षमा मत दिएका हुन् ।

कांग्रेस र नेकपा(एकीकृत समाजवादी) का ३२ प्रदेश सांसदहरूले भने मुख्यमन्त्रीले सदनमा राखेको प्रस्तावको विपक्षमा मत दिएका छन् । कांग्रेसका सांसद प्रदीपकुमा सुनुवार भने अनुपस्थित रहेका थिए ।

संविधानको धारा १६८ को उपधारा (४) मा उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था अनुकुल उनले विश्वासकाे मत लिएका हुन् ।

सभामुख बाबुराम गौतमले मुख्यमन्त्री कार्कीलाई विश्वासको मतका लागि सदनमा मन्तव्यसहित प्रस्ताव राख्न समय दिएका थिए । मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाप्रति अहिले भइरहेको नाकारात्मक टिप्पणी हटाएर स्थापित गराउनका लागि विश्वासको मत दिन प्रदेश सांसदहरूलाई आग्रह गरेका थिए । उनले पाँच वर्षे कार्यकालमा कहिले पनि प्रश्न नउठने गरी र आम प्रदेशवासीलाई सन्तुष्ट पारेर कामकाज सञ्चालन गर्ने सदनमा प्रतिबद्धता जनाएका थिए ।

उनले विश्वासको मतका लागि प्रस्ताव राखेपछि उक्त प्रस्तावमाथि छलफलमा भाग लिन दलका नेताहरूलाई सभामुख गौतमले समय दिएका थिए ।

प्रदेश ४ का गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत पाए

६० सदस्यीय प्रदेशसभामा:पक्षमा ३१ सांसद विपक्षमा २७ मत

स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशभा बैठकमा अनुपस्थित रहे ।सभामुखको भूमिकामा रहेका जेष्ठ सदष्यले भोट हालेनन्

२९ पुस, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । नेकपा एमालेका २२, माओवादी केन्द्रका ७ र राप्रपाका २ गरी ३१ जना सांसदले खगराजको पक्षमा मत हालेका छन् भने नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका छन् ।

स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशभा बैठकमा अनुपस्थित रहे । मनाङेले मन्त्री नबन्ने संकेत पाएपछि बिहीबार खगराजलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने बताएका थिए । एमाले संगठन विभाग प्रमुख खगराजलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २५ पुसमा मुख्यमन्त्री नियुक्त गरेका थिए ।

३३ प्रदेशसभा सदस्यको समर्थनसहित अधिकारी मुख्यमन्त्री बनेका हुन् । अधिकारीलाई नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का आठ, राप्रपाका दुई र स्वतन्त्र निर्वाचित सांसद राजीव गुरुङले समर्थन गरेका थिए । गुरुङ (दीपक मनाङे) भने बिहीबार साँझ समर्थनबाट पछि हटेका छन् । उनले आफू प्रतिपक्षमा नै रहने जनाएका छन् ।



150 Views

Comments