सत्ता गठबन्धन दलबाटै सातै प्रदेशमा मुख्यमन्त्री नियुक्त, संघ र प्रदेश दुबैमा नेपाली कांग्रेस शुन्य

Bhugolpark

१२ बैशाख, २०८१,१८:२९

संघ र प्रदेश दुबैमा नेपाली कांग्रेस शुन्य

 प्रदेश १: एमालेका हिक्मत कार्की, प्रदेश २: जसपाका सरोजकुमार यादव, प्रदेश ३: बागमती: माओवादीका जमरकट्टेल, प्रदेश ४: एमालेका खगराज अधिकारी, प्रदेश ५: एमालेका लीला गिरी, प्रदेश ६: माओवादीका राजकुमार शर्माले प्रदेश ७: एमालेका राजेन्द्र सिंह रावल

२५ पुस, काठमाडौं ।भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

आज भने भूगोल पार्कले प्रदेश १, गण्डकी, लुम्बिनीमा एमालेको सरकार पाँचै वर्ष राख्ने सहमति वाग्मतीमा र कर्णालीमा माओवादी एवं सुदूरपश्चिममा र लुम्बिनीमा एमालेको पहिलो पालो, अढाई वर्षपछि अदलबदल एवं मधेसमा सुरूमा जसपा र पछि जनमत सरकारको नेतृत्वमा सरकार बनाउँने निर्णय सत्तारुढ दलको बैठकबीच सहमति भएको हाम्रा पाठक वर्गमा जानकारी गराउँन चाहान्छौं ।सातै प्रदेश सरकारबाट मुख्यमन्त्री र सरकारहरुलाई भूगोल पारको तर्फबाट हार्दिक बधाई एवं अब बन्ने सरकारको पालादेखि देशमा आर्थिक क्रान्ति सुरुहोस् भन्ने कामना गर्न चाहान्छौं ।नेपाली कांग्रसले भने ‘भुइको टिप्न खोज्दा पोल्टाको समेत सबै गुमाए’को देखियो ।

सत्ता साझेदार दलहरूले मुख्यमन्त्री र प्रदेशसभाका सभामुख–उपसभामुखको भागबन्डा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बैठक बसेर एमाले, माओवादी, राप्रपा, जनमतले बाँडफाँट गरेका हुन्, जसमा नागरिक उन्मुक्तिलाई पनि समावेश गराउन खोजिएको छ ।

प्रदेश १ मा आज ३ मन्त्रीले सपथ लिने, माओवादी नजाने

प्रदेश १ मा एमालेका मुख्यमन्त्री हुने भएकाले सभामुख माओवादी र उपसभामुख एमालेले पाउनेछन् । यो प्रदेशमा एमालेका हिक्मत कार्की आइतबार मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ सहित कुल ६० सांसद पुग्छन् ।प्रदेश १ मा आज मुख्यमन्त्री हिक्मत कार्की र तीन जना मन्त्रीहरूले सपथ लिने भएका छन्।

मुख्यमन्त्री कार्कीसहित नेकपा (एमाले) का तिलकुमार मेयाङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बूले मन्त्रीको सपथ लिन लागेको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

मन्त्रीहरूको कार्यविभाजन भने आज गरिएको छैन।

कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन गरेको नेकपा (माओवादी केन्द्र) भने मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति नभएसम्म कार्कीको सरकारमा सहभागी नहुने भएको छ।

मधेसको मुख्यमन्त्री बने जसपाका सरोजकुमार यादव

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।

उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले नियुक्तको प्रमाणपत्र हस्तान्तरण गरेका थिए।संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष ६३ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित उनले बुधबार दिउँसो मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।

यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका छन्।

स्वतन्त्र प्रदेशसभा सदस्यहरू सुरिता साह र अनिरूद्द सिंहले समेत उनलाई समर्थन गरेको जसपा सांसद रामअशिष यादवले जानकारी दिए।

मधेश प्रदेश सभामा १०७ जना सांसदहरू छन्। सरकार गठनका लागि कम्तीमा ५४ जना सांसदको समर्थन चाहिन्छ।

प्रदेश सभामा नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १/१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरूसहित कूल ६३ जना प्रदेशसभा सदस्य छन्।

नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र तीन जना प्रदेशसभा सदस्यको सरकारलाई समर्थन छैन। 

प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते अपरान्ह ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न आह्वान गरेका थिए। पुस २९ गते मुख्यमन्त्रीको शपथ ग्रहण हुनेछ

बागमतीको मुख्यमन्त्रीमा बने माओवादीका जमरकट्टेल

बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमरकट्टेलले आज मुख्यमन्त्रीमा दाबी गर्ने भएका छन्।

जमरकट्टेलले नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री दाबी गर्न लागेका हुन्।

सोमबार बजेसम्म मुख्यमन्त्री दाबी प्रदेश प्रमुखको कार्यालयमा जाने माओवादीका प्रदेश सांसद युवराज चौलागाईंले सञ्चारकर्मीलाई बताए।

जमरकट्टेल यसअघिको कार्यकालमा आन्तरिक मामिला मन्त्री र अर्थ मन्त्री बनेका थिए।

जमरकट्टेल २०६४ मा धादिङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

११० सदस्यीय बागमती प्रदेश सभामा सरकार बनाउने ५६ सिट चाहिन्छ। प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।

सत्तारूढ गठबन्धनका दलहरूले बागमतीको मुख्यमन्त्री माओवादी केन्द्र र एमालेबीच आलोपालो गर्ने सहमति भएको छ।

गण्डकी : ३३ सांसदको समर्थनसहित एमालेका अधिकारी बने मुख्यमन्त्री

कास्की — गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीका लागि सोमबार दाबी पेस गरेका छन् ।

अधिकारीले एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र १ गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका हुन् ।

लुम्बिनीको मुख्यमन्त्री बने एमालेका लीला गिरी

बुटवल — लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त भएका छन् । एमाले माओवादी गठबन्धनको तर्फबाट गिरीले ५८ जना सांसदको समर्थनसहित बुधबार प्रदेश प्रमुख अमिक शेरचनसँग दाबी पेस गरेका थिए ।

गिरीले बहुमत देखाएपछि प्रदेश प्रमुख शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले संसदीय दलका नेतासमेत रहेका गिरी यसअघि पूर्वउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका थिए। नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सह-इन्चार्ज रहेका गिरी मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र), राप्रपा, नागरिक उन्मुक्ति, जसपा, लोसपा‚ जनमत पार्टी र तीन स्वतन्त्रसांसदले समर्थन गरेका छन् ।

८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छ । अहिले एमाले नेतृत्वको सत्ता समीकरणमा स्वतन्त्र २ सांसदसमेतको संख्या जोड्दा गिरीलाई समर्थन गर्ने सांसदको संख्या ५८ पुगेको छ । यो दुई तिहाई नजिकको बहुमत हो ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपा र जसपाका४/४, जसपा, जनमत र लोसपाका ३/३ सदस्य छन् ।त्यस्तै नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सदस्य छन् ।

गिरीलाई मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति, जसपा, लोसपा र जनमत पार्टी र तीन स्वतन्त्रसहित ५८ जनाको समर्थन छ । लुम्बिनी प्रदेशसभामा एमाले सबैभन्दा ठूलो दल हो । एमालेका २९ जना प्रदेशसभा सदस्य छन् । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छ । अहिले एमाले नेतृत्वको सत्ता समीकरणमा स्वतन्त्रका २ जना सांसद समेतको संख्या जोड्दा ५८ पुगेको हो । यो दुई तिहाईनजिकको बहुमत हो । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका ४/४, जसपा, जनमत र लोसपाका ३/३ सदस्य छन् । स्वतन्त्रबाट जितेका दीपेन्द्रकुमार पुन माओवादी प्रवेश गरिसकेका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सदस्य छन् ।

गिरीले मंगलबार नै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका थिए । एमाले, माओवादीसहितका सत्तापक्षीय दलको देउखुरीमा सोमबार बसेको बैठकले पनि मंगलबार नै दाबी पेस गर्ने निर्णय गरेको थियो । तर, मुख्यमन्त्रीमा ५ वर्ष नै एमालेले लिने केन्द्रका शीर्ष नेताबीच सहमति भएपछि असन्तुष्ट बनेका माओवादी संसदीय दलका नेता सोमबार नै काठमाडौं पुगेर असन्तुष्टि व्यक्त गरेपछि मंगलबारको दाबी बुधबारका लागि सरेको थियो ।

माओवादीले आधा/आधा कार्यकालको दाबी गरेको बुझिएको छ ।

२५‌ सांसदको समर्थनमा माओवादीका शर्माद्वारा कर्णाली मुख्यमन्त्रीमा दाबी पेस 

काठमाडौँ — कर्णालीको मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्माले दाबी पेस गरेका छन् । उनले २५ सांसदको समर्थनमा बुधबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर दाबी पेस गरेका हुन् ।

शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १, एकीकृत समाजवादी १ सांसदले समर्थन गरेका छन् । माओवादीको पोलिटब्युरो सदस्यसमेत रहेका शर्मा रुकुम पश्चिम (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

कर्णालीमा माओवादी र एमालेबीच साढे २/२ वर्ष मुख्यमन्त्री आलोपालो गर्ने सहमति बनेको छ ।

सुदूरपश्चिम मुख्यमन्त्री बने नेकपा एमालेका राजेन्द्र सिंह रावल

रावलले प्रदेश प्रमुख समक्ष आज मुख्यमन्त्रीका लागि दावी पेस गरेका थिए ।उनले भने, ‘नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबाट रेशम चौधरीलगायत जेलबन्दीहरु रिहाइसहित हाम्रो माग मुद्दा माघ महिनाभित्रै सम्बोधन गर्ने प्रतिवद्धता आएको छ । सो कारण अहिले एमाले नेतृत्वलाई समर्थन गरेका हौ ।’नागरिक उन्मुक्ति पार्टी ।

५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा बहुमतका लागि कम्तीमा २७ जना प्रदेशसभा सदस्य चाहिन्छ । यहाँ नागरिक उन्मुक्ति पार्टीको समर्थनले केन्द्रका सत्ता साझेदार दल माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र राप्रपाको जम्मा सिट सङ्ख्या २९ को बहुमतको सरकार बन्ने भएको हो ।

यहाँ नेपाली कांग्रेसका १९, माओवादीका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् ।


97 Views

Comments