प्रधानमन्त्री दाहालले पाए ९९ प्रतिशत सांसदहरूको समर्थन

Bhugolpark

७ बैशाख, २०८१,१९:५०

२६८ सांसदको समर्थन

मतदानमा २७० सांसदमात्रै सहभागी

विपक्षमा २ मत

स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलद्वार पक्षमा मत

सांसदहरु किशोरसिंह राठोर, मनोरमा शेरचन र अम्बिका बस्नेत अनुपस्थित

एक सांसद निलम्बित छन् भने राप्रपा सांसद पशुपति शमशेर जबरा बैठकको अध्यक्षता ग्रहण गरेकाले मतदानमा सहभागी भएनन् ।

२५ पुस, काठमाडौं ।भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

गत स्थानीय निकायको चुनावमा काठमाडौँ महानगर पालिकामा वालेन शाह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङ जस्ता केही स्वतन्त्र व्यक्तिहरूको उदय भयो ।झन हालै भएको प्रतिनिधि सभा र प्रदेश सभामा सुशासन र भ्रष्ट्रचार विरुद्ध आवाज उठाएको दल, तराइवादी दल एवं राजावादी दलहरूको पक्षमा विस्तारै जनलहर बढेर गएको मात्र देखिएन उल्यख्य रुपमा प्रतिनिधि सभा र प्रदेश सभामा ती दलबाट अधिकांश युवायुवती विजयी भएर आउँनुले आजको २१औं शताब्दीमा पुराना दलहरू प्रती विस्तारै नेपाली जनतामा लगाव कम हुदै गएर भिजन र भ्रष्ट्रचार विरुद्ध आवाज उठाएका दलमाथि जनलहर बढेर गएको देखिएको छ।

प्रधानमन्त्री दाहालले पाए ९९ प्रतिशत सांसदहरूको समर्थन

आज मंगलबार भएको मतदानमा २७० सांसदमात्रै सहभागी भएका थिए ।प्रधानमन्त्री पुष्पकमल दाहालले कूल मतको ९९ प्रतिशत सांसदको समर्थन प्राप्त गर्दै नेपालकै ईतिहासमा पहिलो पटक दलहरूबाट विश्वासको मत पाउँने पहिलो प्रधानमन्त्री बन्न सफल भएका छन् ।आज प्रचण्ड बहुमत ल्याएका प्रधानमन्त्री र सरकारमा सहभागी हुने मन्त्रीले पनि ९९ प्रतिशत नै जनभावना अनुसारको काम गरुन ।अब जाने मन्त्रीहरू पनि विकासप्रेमी राम्रा मानिस हुन,देशमा स्थायी शान्ति छावस भन्दै आज भारी विश्वासको मत प्राप्त गर्न सफल प्रधानमन्त्री पुष्पकमल दाहाललाई भूगोल पार्कको तर्फबाट हार्दिक बधाई एवं अभूतपूर्व विकास गर्न सफलता मिलोस भन्दै शुभ कामना व्यक्त गर्दछौं ।

प्रधानमन्त्री प्रचण्डले दलहरूसँग विश्वासको मतमाग्दै आफूले विश्वासको मत पाएको खण्डमा लक्ष्यअनुसार राजश्व उठाउँने, वैदेशिक लगानी भित्र्याउने, स्वदेशी उत्पादन र पूर्वाधार विकासमा जोड दिने एवं मल कारखाना नेपालमै खोलिलेर पाँच वर्षमा आर्थिक वृद्धिदर दोहोरो अंकको नजिकमा पुर्‍याउनेछु भनेका कुरा पुरा गर्नुपर्ने र अवको संसदीय यात्रमा दलहरूसँग गरेको प्रतिबद्धता पुरा गर्नु प्रचण्ड सरकारको प्रमुख चुनौती हुने भूगोल पार्कको ठम्यायी छ।

भूगोल पार्क प्रचण्डको सरकारले भ्रष्ट्रचारको शुन्य सहनशीलताको नीति अवलम् गर्दै अब नेपालमा आर्थिक क्रान्ति गरोस् भन्ने चाहन्छ । यो सरकारले ठुला दलको असतित्व जोगाउँन एवं छोटो समयमा नै अपार जनसमर्थन पाएर निर्वाचित भएका दलहरु समेत वर्तमान सरकारमा सहभागी भएकोले जनभावनाअनुसार काम गर्ने अपेक्षा आम नेपाली जनताको रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् ।

दाहाल गएको १० पुसमा सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । तर, उनलाई २६८ सांसदले विश्वासको मत दिएका छन् ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सत्ता गठबन्धन र सरकारमा सहभागी नभए पनि दाहाललाई विश्वासको मत दिएको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन हृवीप नै जारी गरेका थिए ।

प्रतिनिधिसभामा २७५ सदस्य छन् । त्यसमध्ये एक सांसद निलम्बित छन् भने राप्रपा सांसद पशुपति शमशेर जबरा बैठकको अध्यक्षता ग्रहण गरेकाले मतदानमा सहभागी भएनन् । मंगलबार भएको मतदानमा २७० सांसदमात्रै सहभागी भएका थिए । दाहालले २६८ मत पाएका छन् भने विपक्षमा २ मत खसेको छ । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीबाहेक सबै दल र स्वतन्त्र सांसदहरूले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका छन् ।

प्रधानमन्त्री दाहाललाई कांग्रेसका ८५ सांसदले विश्वासको मत दिएका छन् । सांसदहरु किशोरसिंह राठोर, मनोरमा शेरचन र अम्बिका बस्नेत भने मंगलबारको बैठकमा अनुपस्थित थिए ।

त्यस्तै, सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा एमालेका ७९, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र तीन स्वतन्त्र सांसदले मत दिएका छन् भने नेकपा एकीकृत समाजवादीका १० र लोकतान्त्रिक समाजवादी पार्टीका ४ सांसदले सरकारमा सहभागी नभएपछि विश्वासको मत दिएका छन् । प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका छन् ।

संविधानको धारा ७६ (४) ले उपधारा २ र ३ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले त्यसरी मनोनित भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।


137 Views

Comments