कांग्रेसले आज चालेको कदम असंसदीय र अराजनीतिक अभ्यास हो: भीमार्जुन आचार्य

Bhugolpark

२६ पुष, २०७९,१६:३३

२६ पुस, काठमाडौं । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

संविधान विदहरूले पनि सरकारलाई विश्वासको मत दिएको पार्टी प्रतिपक्षमा बस्न नमिल्ने बताउँछन्।

संसदमा सबभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि ऊ प्रतिपक्षमा बस्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठेको छ।

संविधान विदहरूले पनि सरकारलाई विश्वासको मत दिएको पार्टी प्रतिपक्षमा बस्न नमिल्ने बताउँछन्। संविधानविद् भीमार्जुन आचार्यले कांग्रेसले संविधानको परिकल्पनाविपरीत कदम चालेको बताए।

‘कांग्रेसको दाउ समर्थन पनि गर्छु, विश्वासको मत पनि दिन्छु, प्रतिपक्षीमा पनि बस्छु भन्ने देखियो यस्तो त संविधानले परिकल्पना गरेको नै छैन। विश्वासको मत दिइसकेपछि त्यो प्रतिपक्ष हुँदैन,’ उनले भने, ‘अनुपस्थित रहन सक्थ्यो भोट नहाल्न सक्थ्यो तर विश्वासको मत दिएपछि प्रतिपक्ष रहेन। सत्तापक्ष भयो।’

कांग्रेसले आज चालेको कदम असंसदीय र अराजनीतिक अभ्यास हो भएको उनको जिकिर छ।

कांग्रेसले संसदीय व्यवस्था नै नबुझेको आचार्यको टिप्पणी छ।

‘संसदीय शासन प्रणालीमा प्रतिपक्षको निकै ठूलो महत्व र भूमिका हुन्छ। कांग्रेसले किन बुझेन? सत्ता र सरकारमा बसेको भन्दा पनि प्रतिपक्षीको ठूलो भूमिका संसदमा हुन्छ,’ उनले भने।

प्रतिपक्षीकै कारणले गर्दा सरकारलाई जवाफदेही बनाउने, असंवैधानिक काम गर्नबाट रोकेर संवैधानिक दायरामा राख्ने, जनताका मुद्दा उठाउने भएका हुनाले प्रतिपक्षको भूमिका संसदमा महत्वपूर्ण हुने आचार्यको भनाइ छ। 

‘प्रतिपक्षी विनाको संसदीय शासन प्रणाली परिकल्पना गरिएको हुँदैन। हाम्रो संविधानले पनि प्रतिपक्षीविहीन संसदको परिकल्पना गरेको छैन। प्रतिपक्षविहीन संसदले त हाम्रो संवैधानिकको मर्म नै बोक्दैन। संविधानले अपेक्षा गरेको संसदीय शासन प्रणाली नै अपुरो हुने खतरा रहन्छ,’ उनले भने।

कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि संवैधानिक परिषदमा उसको भूमिकाबारे पनि प्रश्न उठेको छ।

आचार्यले अब परिषदमा पनि संकट आउने जिकिर गरे।

‘संवैधानिक परिषदमा पनि संकट आउँछ। किनभने संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्त गर्ने यो परिषदको एउटा सदस्य प्रमुख प्रतिपक्षी दलको नेता रहन्छ। सरकारलाई समर्थन गरेपछि प्रमुख प्रतिपक्षी नै रहेन त्यसैले कांग्रेसका नेता परिषदमा बस्न मिल्दैन,’ उनले भने।



279 Views

Comments