हिजो भएको सत्ता गठबन्धनको निर्णयअनुसार नै सातै प्रदेशमा गठबन्धनबाटै मुख्यमन्त्री हुने पक्का

Bhugolpark

२५ पुष, २०७९,१०:०९

प्रदेश १ मा आज मुख्यमन्त्री हिक्मत कार्की र तीन जना मन्त्रीहरूले सपथ लिने भएका छन्। बागमतीको मुख्यमन्त्रीमा माओवादीका जमरकट्टेल र खगराज अधिकारीले मुख्यमन्त्रीमा दावी पेस

लुम्बिनीमा एमाले र कर्णालीमा माओवादीको सरकार पाँचै वर्ष राख्ने सहमति

सुदूरपश्चिममा एमालेको पहिलो पालो, अढाई वर्षपछि अदलबदल

मधेसमा सुरूमा जसपा र पछि जनमत सरकारको नेतृत्वमा

२५ पुस, काठमाडौं ।भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

आज भने भूगोल पार्कले प्रदेश १, गण्डकी, लुम्बिनीमा एमाले र कर्णालीमा माओवादीको सरकार पाँचै वर्ष राख्ने सहमति वाग्मतीमा माओवादी र सुदूरपश्चिममा एमालेको पहिलो पालो, अढाई वर्षपछि अदलबदल एवं मधेसमा सुरूमा जसपा र पछि जनमत सरकारको नेतृत्वमा सरकार बनाउँने निर्णय हिजो बसेको सत्तारुढ दलको बैठकबीच सहमति भएको हाम्रा पाठक वर्गमा जानकारी गराउँन चाहान्छौं । जुनसुकै दलको प्रदेशमा सरकार बने पनि अब बन्ने सरकारको पालादेखि देशमा आर्थिक क्रान्ति सुरुहोस् भन्ने कामना गर्न चाहान्छौं ।

सत्ता साझेदार दलहरूले मुख्यमन्त्री र प्रदेशसभाका सभामुख–उपसभामुखको भागबन्डा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बैठक बसेर एमाले, माओवादी, राप्रपा, जनमतले बाँडफाँट गरेका हुन्, जसमा नागरिक उन्मुक्तिलाई पनि समावेश गराउन खोजिएको छ ।

प्रदेश १ मा आज ३ मन्त्रीले सपथ लिने, माओवादी नजाने

प्रदेश १ मा एमालेका मुख्यमन्त्री हुने भएकाले सभामुख माओवादी र उपसभामुख एमालेले पाउनेछन् । यो प्रदेशमा एमालेका हिक्मत कार्की आइतबार मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ सहित कुल ६० सांसद पुग्छन् ।प्रदेश १ मा आज मुख्यमन्त्री हिक्मत कार्की र तीन जना मन्त्रीहरूले सपथ लिने भएका छन्।

मुख्यमन्त्री कार्कीसहित नेकपा (एमाले) का तिलकुमार मेयाङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बूले मन्त्रीको सपथ लिन लागेको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

मन्त्रीहरूको कार्यविभाजन भने आज गरिएको छैन।

कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन गरेको नेकपा (माओवादी केन्द्र) भने मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति नभएसम्म कार्कीको सरकारमा सहभागी नहुने भएको छ।

बागमतीको मुख्यमन्त्रीमा दाबी गर्दै माओवादीका जमरकट्टेल

बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमरकट्टेलले आज मुख्यमन्त्रीमा दाबी गर्ने भएका छन्।

जमरकट्टेलले नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री दाबी गर्न लागेका हुन्।

सोमबार बजेसम्म मुख्यमन्त्री दाबी प्रदेश प्रमुखको कार्यालयमा जाने माओवादीका प्रदेश सांसद युवराज चौलागाईंले सेतोपाटीलाई बताए।

जमरकट्टेल यसअघिको कार्यकालमा आन्तरिक मामिला मन्त्री र अर्थ मन्त्री बनेका थिए।

जमरकट्टेल २०६४ मा धादिङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

११० सदस्यीय बागमती प्रदेश सभामा सरकार बनाउने ५६ सिट चाहिन्छ। प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।

सत्तारूढ गठबन्धनका दलहरूले बागमतीको मुख्यमन्त्री माओवादी केन्द्र र एमालेबीच आलोपालो गर्ने सहमति भएको छ।

गण्डकी : ३३ सांसदको समर्थनसहित एमालेका अधिकारीद्वारा मुख्यमन्त्रीमा दाबी पेस

कास्की — गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीका लागि सोमबार दाबी पेस गरेका छन् ।

अधिकारीले एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र १ गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका हुन् ।



168 Views

Comments