सातै प्रदेशमा सत्ता गठबन्धन दलहरूबीच सहमति

Bhugolpark

१४ बैशाख, २०८१,०८:२६

प्रदेश १, गण्डकी, लुम्बिनीमा एमाले र कर्णालीमा माओवादीको सरकार पाँचै वर्ष राख्ने सहमति

वागमतीमा माओवादी र सुदूरपश्चिममा एमालेको पहिलो पालो, अढाई वर्षपछि अदलबदल

मधेसमा सुरूमा जसपा र पछि जनमत सरकारको नेतृत्वमा

२५ पुस, काठमाडौं ।भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

आजको २१औं शताब्दीमा विश्वका अधिकांश देशहरूले उन्नती र प्रगतिका पाइलाहरू चुमी सकेका छन् यानी यी देशहरूले आर्थिक संवृद्धि हासिल गरी सकेका छन् ।हाम्रो छिमेकी राष्ट्र चीनले त्याहाँको तत्कालिन राष्ट्रपति हुजिन ताउको पालादेखि आर्थिक संवृद्धिको यात्रा सुरु गरेर हालका राष्ट्रपति सि जिन फिङको पालामा आइपुग्दा विश्वकै दोस्रो ठुलो अर्थतन्त्र भएको मुलुक बन्दै सामरिक महत्वको हिस्साबले समेत महाशक्ति राष्ट्र बन्ने होडमा अगाडि बढेको छ ।हाम्रो अर्को छिमेकी राष्ट्र भारतसमेत नरेन्द्र मोदीको पालादेखि स्थिर सरकार भएकोले तिब्र आर्थिक वृद्धि गरिरहेको छ ।

भ्रष्ट्रचारमा लिप्त भन्ने व्यक्तिलाई नै परिवर्तनको नारा लिएर चुनावमा गई जनताबाट अनुमोदित भई निर्वाचित भएका व्यक्ति र दल नै निर्वाचित हुने बितिक्कै सरकारलाई समर्थन गर्नु र सरकारमा सहभागी नै हुनुलाई लिएर जनता पक्ष र विपक्षमा विभाजन भएकै बेला उनीहरूकै दलमा समेत विरोधको आवाज उठिरहेको छ ।नेपालको राजनीतिलाई विश्लेषण गरी हेर्दा चुनावको बेला सिद्धान्त मिल्ने दल र उनीहरूसँग राजनीतिक एजेण्डा मिल्ने भएमात्र चुनावी तालमेल गर्नुपर्नेमा जुनसुकै दलहरूसँग चुनावी तालमेल गरेर चुनाव लडने परिपाटीको विकास भएको पाईन्छ।अझ दलबाट चुनावको टिकट नपाएमा स्वतन्त्रबाट उम्मेदवारी दिएर भए पनि चुनाव लडने गरेको पाईन्छ।चुनाव जीतिसकेपछि भने चुनाव लडदाका सहयात्री दलहरूसँग मिलेर सरकार नबनाई जुन सुकै दलसँग मिलेर सरकार बनाउँने र सरकारमा पुगेपछि जनतासँग गरेको बाचालाई तिलान्जली दिई अकुत भ्रष्ट्रचार गर्ने प्रवृती हरेक ठुला दलमा बढेर गएको पाइन्छ ।

गत स्थानीय निकायको चुनावमा काठमाडौँ महानगर पालिकामा वालेन शाह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङ जस्ता केही स्वतन्त्र व्यक्तिहरूको उदय भयो ।झन हालै भएको प्रतिनिधि सभा र प्रदेश सभामा सुशासन र भ्रष्ट्रचार विरुद्ध आवाज उठाएको दल, तराइवादी दल एवं राजावादी दलहरूको पक्षमा विस्तारै जनलहर बढेर गएको मात्र देखिएन उल्यख्य रुपमा प्रतिनिधि सभा र प्रदेश सभामा ती दलबाट अधिकांश युवायुवती विजयी भएर आउँनुले आजको २१औं शताब्दीमा दलहरू प्रती विस्तारै नेपाली जनतामा लगाव कम हुदै गएर भिजन र भ्रष्ट्रचार विरुद्ध आवाज उठाएका दलमाथि जनलहर बढेर गएको देखिएको छ।विगतको तुलनामा अब बन्ने प्रदेश सभाको सरकारमा विकासप्रेमी राम्रा मानिस जाने र अब नेपालमा आर्थिक क्रान्ति ती सरकारले गर्ने अपेक्षा आम नेपाली जनताको रहेको छ ।

आज भने भूगोल पार्कले प्रदेश १, गण्डकी, लुम्बिनीमा एमाले र कर्णालीमा माओवादीको सरकार पाँचै वर्ष राख्ने सहमति वाग्मतीमा माओवादी र सुदूरपश्चिममा एमालेको पहिलो पालो, अढाई वर्षपछि अदलबदल एवं मधेसमा सुरूमा जसपा र पछि जनमत सरकारको नेतृत्वमा सरकार बनाउँने निर्णय हिजो बसेको सत्तारुढ दलको बैठकबीच सहमति भएको हाम्रा पाठक वर्गमा जानकारी गराउँन चाहान्छौं । जुनसुकै दलको प्रदेशमा सरकार बने पनि अब बन्ने सरकारको पालादेखि देशमा आर्थिक क्रान्ति सुरुहोस् भन्ने कामना गर्न चाहान्छौं ।

सत्ता साझेदार दलहरूले मुख्यमन्त्री र प्रदेशसभाका सभामुख–उपसभामुखको भागबन्डा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बैठक बसेर एमाले, माओवादी, राप्रपा, जनमतले बाँडफाँट गरेका हुन्, जसमा नागरिक उन्मुक्तिलाई पनि समावेश गराउन खोजिएको छ ।

सहमतिअनुसार

प्रदेश १ मा मुख्यमन्त्री एमालेका हिक्मत कार्की आइतबार मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् ।

सभामुख माओवादी

उपसभामुख एमाले

मधेसमा सुरुमा सरकारको नेतृत्व गर्ने जसपाले संसदीय दल नेता चुन्न बाँकी छ ।

सभामुख एमाले

उपसभामुख जनमत

वागमतीमा माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेल मुख्यमन्त्री बन्दै छन् । एमालेका जगन्नाथ थपलियाको पालो भने अढाई वर्षपछि आउनेछ ।

सभामुख राप्रपा

उपसभामुख एमाले

गण्डकीमा एमाले संसदीय दल नेता खगराज अधिकारी पाँचै वर्षका लागि मुख्यमन्त्री बन्ने भएका छन् ।

सभामुख माओवादी

उपसभामुख एमाले

 लुम्बिनीमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री हुनेछन् ।

सभामुख माओवादी

उपसभामुख राप्रपा

कर्णालीमा माओवादीका राजकुमार शर्मा पाँचै वर्षका लागि मुख्यमन्त्री हुँदै छन् ।

सभामुख एमाले

उपसभामुख माओवादी

सुदूरपश्चिममा सरकारको नेतृत्व पहिलो चरणमा एमालेका राजेन्द्रबहादुर रावलले गर्ने निश्चित भएको छ । माओवादीका खगराज भट्ट संसदीय दलका नेता छन् । उनको पालो अढाई वर्षपछि आउनेछ ।

सभामुख माओवादी

उपसभामुख नागरिक उन्मुक्ति

प्रदेश १ गण्डकी र लुम्बिनीमा एमालेले तथा कर्णालीमा माओवादीले पाँचै वर्ष सरकारको नेतृत्व गर्नेछन् । वागमतीमा सुरुमा माओवादीले र सुदूरपश्चिममा सुरुमा एमालेले सरकार चलाउने र अढाई वर्षपछि अदलबदल गर्ने सहमति भएको छ । मधेसमा सुरुमा जसपा र पछि जनमतले सरकारको नेतृत्व पाउने भएका छन् ।

सरकारको नेतृत्व पाउने दलले सभामुख भने सहयोगी दललाई दिएका छन् । प्रदेश १ मा एमालेका मुख्यमन्त्री हुने भएकाले सभामुख माओवादी र उपसभामुख एमालेले पाउनेछन् । यो प्रदेशमा एमालेका हिक्मत कार्की आइतबार मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ सहित कुल ६० सांसद पुग्छन् ।

मधेसमा सुरुमा सरकारको नेतृत्व गर्ने जसपाले संसदीय दल नेता चुन्न बाँकी छ । जसपाको नेता बन्न लालबाबु राउत, सरोज यादव, राम आशिष यादवबीच सोमबार प्रतिस्पर्धा हुँदै छ । मधेसमा सभामुख एमाले र उपसभामुख जनमत पार्टीले पाउने सहमति भएको छ । १ सय ७ सदस्यीय मधेसमा एमालेका २३, जसपाका १६, जनमतका १३ र माओवादीका ९ सहित सत्तापक्षमा ६१ सांसद पुग्छन् ।

वाग्मतीमा माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेल मुख्यमन्त्री बन्दै छन् । एमालेका जगन्नाथ थपलियाको पालो भने अढाई वर्षपछि आउनेछ । वागमतीमा सभामुख राप्रपा र उपसभामुख एमालेले पाएका छन् । १ सय १० सदस्यीय वाग्मती प्रदेशसभामा एमालेबाट २७, माओवादीबाट २१ र राप्रपाबाट १३ जना सांसद रहेकाले गठबन्धनको पक्षमा सांसद संख्या ६१ पुग्छ ।

गण्डकीमा एमाले संसदीय दल नेता खगराज अधिकारी पाँचै वर्षका लागि मुख्यमन्त्री बन्ने भएका छन् । सभामुख माओवादी र उपसभामुख एमालेबाट चुनिनेछन् । गण्डकीमा ६० सदस्यीय प्रदेशसभा छ, जहाँ एमालेको २२, माओवादीको ८ र राप्रपाको २ सिट छ, यसरी गठबन्धनले ३२ सिट पुर्‍याएको छ ।

लुम्बिनीमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री हुनेछन् । सभामुख माओवादी र उपसभामुख राप्रपाबाट छान्ने सहमति भएको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, माओवादीका ९, राप्रपाका ४, जसपाका ३ र जनमतका ३ सहित गठबन्धनको पक्षमा ४८ सांसद जुटेका छन् ।

कर्णालीमा माओवादीका राजकुमार शर्मा पाँचै वर्षका लागि मुख्यमन्त्री हुँदै छन् । यहाँ सभामुख एमाले र उपसभामुख माओवादीबाट हुनेछन् । कर्णालीको ४० सदस्यीय प्रदेशसभामा माओवादीबाट १३, एमालेबाट १०, राप्रपाबाट १ सांसद छन् । यहाँ नयाँ सरकारको पक्षमा २४ सांसद हुनेछन् ।

सुदूरपश्चिममा सरकारको नेतृत्व पहिलो चरणमा एमालेका राजेन्द्रबहादुर रावलले गर्ने निश्चित भएको छ । माओवादीका खगराज भट्ट संसदीय दलका नेता छन् । उनको पालो अढाई वर्षपछि आउनेछ । सभामुख माओवादी र उपसभामुख नागरिक उन्मुक्ति पार्टीबाट चुन्ने सहमति छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीबाट ११, एमालेबाट १०, नागरिक उन्मुक्ति पार्टीबाट ७, जनमतबाट ४ र राप्रपाबाट १ सांसदको प्रतिनिधित्व छ, त्यसैले गठबन्धनले ३३ सिट जुटाएको छ ।

प्रदेश १ मा मुख्यमन्त्री नियुक्त भइसकेका छन् भने वागमती र गण्डकी प्रदेशमा सोमबार नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन् । त्यहाँ प्रदेश प्रमुखले सरकारमा दाबी प्रस्तुत गर्न दिएको समयसीमा दिउँसो ४ बजे सकिँदै छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बुधबारसम्ममा मुख्यमन्त्री चयन गरिने भएको छ । मधेसमा सरकार बनाउन पुस २८ (बिहीबार) भित्र दाबी प्रस्तुत गर्न राजनीतिक दललाई आह्वान गरिएको छ ।

संघीय सरकार र प्रदेशका मन्त्रालयको भागबन्डा भने दलहरूले औपचारिक रूपमा टुंग्याएका छैनन् । ‘सरकारले विश्वासको मत लिएपछि प्याकेजमा संघ र प्रदेशका मन्त्रालयको विभाजन गरिनेछ,’ सत्ता साझेदार दलका एक नेताले भने ।



116 Views

Comments