नेप्से परिसूचक २१६४ विन्दुमा, करिब साढे पाँच अर्बको सेयर किनबेच

Bhugolpark

२४ पुष, २०७९,११:०५

काठमाडौं :साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक २०.६९ अंकले वृद्धि भएर २१६४.६१ विन्दुमा पुगेको छ।

नेप्से बढेसँगै कारोबार रकममा समेत वृद्धि भएको छ। आज ५ अर्ब ४५ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ।

अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार ५ अर्ब ४ करोड मूल्य बराबरको सेयर खरिदबिक्री भएको थियो। यसदिन सेन्सेटिभ इण्डेक्स ०.०० अंकले घटेको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये १० को मूल्‍य बढ्यो भने ३ को घट्यो।

लाइफ इन्स्योरेन्सको सूचक सर्वाधिक ४.४३ प्रतिशतले बढ्दा होटल्स एन्ड टुरिजम समूहको ३.९८ प्रतिशतले मूल्य बढेको हो। १० समूहको सूचक बढ्दा बैंकिङ,मनु एन्ड प्रो र माइक्रो फाइनान्स समूहको सूचक घटेको हो।

आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ।

खप्तड लघुवित्त वित्तीय,बराही हाइड्रो पावर र नगदी ग्रुपको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। कारोबार रकमका आधारमा यसदिन हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह्यो।

सो कम्पनीको २१ करोड बढि मूल्यको सेयर कारोबार भयो।

यस्तै शिवम् सिमेन्ट र रिद्धी हाइड्रोपावर क्रमश:१९ करोड र १५ करोडको सेयर कारोबार गरी दोस्रो र तेस्रो स्थानमा रहे। आज २५९ कम्पनीको १ करोड ४१ लाख ९८८ कित्ता सेयर ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार १ रुपैयाँको सेयर खरिदबिक्री भयो।



146 Views

Comments