इन्भेष्टमेण्ट र मेगा मर्जर : नाम ‘ इन्भेष्टमेण्ट बैंक लिमिटेड’, पुस २७ गते बुधबारदेखि एकीकृत कारोबार

Bhugolpark

२३ पुष, २०७९,११:३५

दुई वाणिज्य बैंक नेपाल इन्भेष्टमेण्ट र मेगा बैंक लिमिटेड गाभिएपछि नेपाल राष्ट्र बैंकले कायम हुने नयाँ नाम नेपाल इन्भेष्टमेण्ट तोकिदिएको छ। 

 काठमाडौँ — नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकबीचको मर्जर प्रक्रिया पूरा भएको छ । राष्ट्र बैंकले मर्जरका लागि आइतबार अन्तिम स्वीकृति प्रदान गरेपछि ती बैंकहरूको मर्जर प्रक्रिया पूरा भएको हो । ती बैंकहरुले एकिकृत कारोबार सुरु २०७९ पुस २७ गते बुधबारबाट गर्ने भएका छन सोको लागि मिति २०७९ पुस २५ गते र मिति २०७९ पुस २६ गतेभने बैंकिङ्ग सेवा बन्द हुने भएको उक्त बैंकहरूले बताएकाछन् ।

भूगोल पार्कले लामो समयदेखि नेपाल इन्भेष्टमेण्ट र मेगा बैंक लिमिटेडको बारेमा पाठक वर्गलाई समाचार प्रवाह गरिरहेको सर्वविधितै छ । नेपाल इन्भेष्टमेण्ट र मेगा बैंक लिमिटेडले ‘सबैका लागि, सधैंका लागि’ भन्ने नाराकासाथ विगत लामो समयदेखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएकोले यी दुबै बैंक नेपालीहरूको मनमा बस्न सफल भएको बैंक हो।यी दुबै बैंक नेपाल सरकारबाट ‘क’ श्रेणीको मान्यता पाएका ठुला बैंकहरूमध्येका हुन्।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मर्जरपछि बनेको बैंकको नाम ‘नेपाल इन्भेष्टमेण्ट लिमिटेड’ कायम हुने भएको छ ।ती दुबै बैंकलाई भूगोल पार्कको तर्फबाट हार्दिक बधाई तथा कार्यकालको शुभकामना ।

 पुस ७ गते सम्पन्न दुबै बैंकका वार्षिक साधारणसभाले मर्जरको प्रस्ताव पारित गरेका थिए । त्यसपछि बैंकहरुले अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिएका थिए ।

मर्जरपछि मेगा बैंकको १ सय कित्ता सेयर बराबर इन्भेष्टमेण्ट बैंकको ९० कित्ता कायम रहनेछ । अब कुनै सेयरधनीसँग इन्भेष्टमेण्ट बैंकको १ सय कित्ता सेयर छ भने उसको सेयर संख्यामा कुनै परिवर्तन हुँदैन । तर, मेगा बैंकको १ सय कित्ता सेयर हुने सेयरधनीको भने घटेर ९० कित्ता हुनेछ ।

मर्जरपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि दुवै कम्पनीले एकीकृत कारोबार सुरू गर्नेछन् । यी कम्पनीले छिट्टै एकिकृत कारोबार सुरु गर्ने जनाएका छन् । कम्पनीले हाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १९ अर्ब ३ करोड र मेगा बैंकको १६ अर्ब ७६ करोड रूपैयाँ छ । मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३५ अर्ब रुपैयाँ हाराहारीमा पुग्नेछ ।


346 Views

Comments