वाह्य हवाई यात्रुहरूलाई खुसीको खबर !
काठमाडौँ । नेपाल र चीनको राजधानी जोड्ने सीधा हवाई सेवा पुनः सुरू हुने भएको छ । दुबै देशको लगानी रहेको हिमालय एअरलाइन्सले आगामी माघ ३ गतेदेखि हरेक मंगलबार काठमाडौँ-बेजिङ्ग रुटमा सीधा उडान सुचारु गर्न लागेको हो ।
भूगोल पार्कले निरन्तर सामाजिक, आर्थीक, राजनैतिक, मनोरञ्जन,पर्यटन आदिको समाचार पाठक वर्गलाई दिदै आएको छ । हिमालय एयरलाइन्सले आफ्नो स्थापनाको छोटो समयमानै लाखौं पर्यटकहरूलाई सेवादिएको जगजाहेरै छ ।नेपालमा सरकारी विमान सेवा सरकारमा बस्ने व्यक्तिहरूको चरमलापर्वाहीको कारण निरन्तर घाटामा गएको सर्वविदितै छ ।
देशको पर्यटन विकासमा उल्लेखनीय टेवापुर्याएको हिमालय एयरलाइन्स देशको पर्यटन विकासमा उल्लेखनीय टेवापुर्याएको प्राइभेट एयरलाइन्स हो ।यसलाई राजनीतिक प्रतिसोधको कारण ग्राउण्ड ह्याण्डलिङ खोसिनु दुखदपक्ष हो ।अबको पर्यटनमन्त्रीले हिमालय एयरलाइन्सलाई न्याएदिने अपेक्षा भूगोल पार्कको छ ।
सन् २०१९ को अक्टोबरमा सुरु भएको हिमालय एयरलाइन्सको उडान कोरोना महामारीसँगै रोकिएको थियो । दुबै देशको लगानी रहेको हिमालय एअरलाइन्सले आगामी माघ ३ गतेदेखि हरेक मंगलबार नेपाल र चीनको राजधानी जोड्ने सीधा हवाई सेवा पुनः सुरू हुने खवरको भूगोल पार्क मुक्त कण्ठले प्रशंसा गर्दछ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ९ः३० मा उड्ने जहाज बेजिङ्गस्थित तासिङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा अपराह्न ४ः१० मा पुग्नेछ । त्यसैगरी साँझ ५ः४० मा त्यहाँबाट उड्ने विमान राति ९ः१० मा काठमाडौँमा अवतरण गर्नेछ ।
सन् २०१९ को अक्टोबरमा सुरु भएको सो उडान कोरोना महामारीसँगै रोकिएको थियो । दुबैतर्फ आवागमन प्रक्रिया सहज भएसँगै नेपाली बजारले तीन वर्षदेखि प्रतिक्षा गरेको चिनियाँ पर्यटकको आगमन बढ्ने निश्चित छ । त्यसले दुबै देशको बीचको सांस्कृतिक र आर्थिक व्यापार प्रवर्द्धनमा सहयोग गर्ने हिमालय एअरलाइन्सको विश्वास छ ।
कोरोनाका कारण चीनले तीन वर्षदेखि लगाउँदै आएको प्रतिबन्धका नियमहरू खारेज गर्दै जनवरी ८ तारिखका दिनदेखि लागू हुने गरी आवागमन प्रक्रिया सरल बनाएको छ । अब विदेशबाट जाने यात्रुहरूले चीनमा क्वारेन्टिन बस्नु पर्ने छैन ।
त्यसको साथै चीन पुगेपछि गरिँदै आएको कोरोनाको न्यूक्लिक एसिड टेस्टको व्यवस्था पनि खारेज गरिएको छ । चीनतर्फको उडान भर्नुअघि विदेशस्थित चिनियाँ राजदूताबास तथा अन्य नियोगबाट अनिवार्यरुपमा स्वास्थ्यसम्बन्धी क्यूआर कोड लिनुपर्ने नियम पनि हटाइएको छ । चिनियाँ नागरिकलाई पनि सोही दिनदेखि विदेश भ्रमणका लागि खुल्ला गरिएको छ ।
महामारीपछि हाल हिमालयले काठमाडौँबाट खुनमिङ्ग (कुनमिङ) मा हप्तामा दुई उडान तथा एअर चाइनाले छन्तु (छेन्दु)मा र चाइना साउदर्न एअरलाइन्सले क्वाङ्चौ (ग्वान्झाउ)मा हप्तामा एक/एक उडान गर्दै आइरहेका छन् ।
Comments