भूगोल पार्कले लामो समयदेखि महालक्ष्मी विकास बैंक लिमिटेडको बारेमा पाठक वर्गलाई समाचार प्रवाह गरिरहेको सर्वविधितै छ । महालक्ष्मी विकास बैंक लिमिटेडले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्ष देखि नवरत रुपले गुणस्तरिय वित्तीय सेवा नेपाली जनताको घरदैलोमा गएर प्रदान गर्दै आएकोले नै नेपालीहरूको मनमा बस्न सफल भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेडले ओम समाज डेन्टल हस्पिटलमा भारी छुटको व्यवस्था गरेको जानकारी मितिः २०७९ पुस२०मा प्रेस विज्ञप्ती मार्फत आफ्ना ग्राहकहरूलाई दिएको छ ।भूगोल पार्कको तर्फबाट आम नेपालीहरूलाई महालक्ष्मी विकास बैंक लिमिटेडको ग्राहक बनी मौकाको फाइदा उठाउँन हार्दिक अनुरोध छ ।
प्रेस विज्ञप्ती
मितिः २०७९ पुस २०
महालक्ष्मी विकास बैंक लि. का ग्राहकहरूलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ चावहिल काठमाडौंमा अवस्थित ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले ओम समाज डेन्टल हस्पिटलको OPD doctor consultation & checkup सेवा निशुल्क, General Dental Treatmentसेवामा १५% र Ortho Therapy & Dental Implant Treatment १०% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा अस्पतालका तर्फबाट अध्यक्ष डा.सुभाष घिमिरेले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख श्री बसन्त बक्सीले हस्ताक्षर गर्नु भएको हो ।
यस किसिमको सहकार्यबाट दन्त उपचारमा ग्राहकहरूको पहुच बढ्नुका साथै डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु सहज र सुलभ दन्त उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
Comments