सेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम बढ्यो

Bhugolpark

१९ पुष, २०७९,१०:४१

काठमाडौं : सेयर बजारमा सामान्य करेक्सन आएको छ। कारोबारको अघिल्लो दिन सोमबार १७.५६ अंकले वृद्धि भएको सेयर बजार आज ३.०३ अंकले ओरालो लागेको हो। आज सूचक २०६१.०६ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स पनि ०.३९ अंकले घटेर ३९४.६२ विन्दुमा पुगेको छ।

कारोबार रकम भने सोमबारको तुलनामा बढेको छ। यसदिन ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँको सेयर कारोबार भयो।सोमबार २ अर्ब ९६ करोडको कारोबार भएको थियो। त्यसअघि साताको पहिलो दिन आइतबार ४ अर्ब ४ करोड ८८ लाखको सेयर कारोबार भएको थियो।

आज २५७ कम्पनीको ८२ लाख २२ हजार ८३३ कित्ता सेयर खरिदबिक्री भयो। नेप्सेमा सामान्य करेक्सन आएपनि चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो।

स्वेत गंगा हाइड्रोपावर,धवलागिरि लघुवित्त वित्तीय,खप्तड लघुवित्त वित्तीय र अजोड इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

कारोबारमा आएका १३ उपसमूहमध्ये ९ को मूल्य घट्यो भने ४ को बढ्यो।

ट्रेडिङको ३.१६, माइक्रोफाइनान्सको २.४४,होटल्स एन्ड टुरिजमको २.६० र म्युचुअल फन्डको ०.३५ प्रतिशतले सूचक बढेको हो।

फाइनान्स,लाइफ इन्स्योरेन्स र अदर्श समूहको सूचक १ प्रतिशत बढिले घट्यो।

कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४३ करोड १९ लाख बढिको सेयर कारोबार भयो।

९६ करोडको कारोबार गरी एनआइसी एसिया बैंक दोस्रो स्थानमा र ९६ करोड मूल्यको सेयर कारोबार गरी शिवम् सिमेन्ट तेस्रो स्थानमा रह्यो।


279 Views

Comments