राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनवारे अन्योलमा निर्वाचन आयोग

Bhugolpark

११ बैशाख, २०८१,०५:४८

काठमाडौं १८ पुस, । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

भूगोल पार्कले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन’ सम्बन्धी निर्वाचन आयोग गर्नुपर्ने संवैधानिक व्यवस्थाका बारेमा पाठक वर्गहरूलाई जानकारी दिने छौं । 

। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन’ निर्वाचन आयोग नै अन्योलमा देखिएको छ ।

संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पदावधि सकिनुभन्दा एक महिनाअघि नै गर्नुपर्ने व्यवस्था उल्लेख भए पनि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथ पुरानै राष्ट्रपति र उपराष्ट्रपति पदमा बहाल रहँदा नै कसरी गर्ने भन्ने स्पष्ट व्यवस्था नहुँदा निर्वाचन आयोग अन्योलमा परेको हो । सोही विषयलाई प्रस्ट बनाएर निर्वाचनको मिति तय गर्ने आयोगको तयारी छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन’संविधानमा उल्लेख भए पनि शपथ’ अन्योल भएकाले छलफलबाटै निर्णय लिने बताए ।

‘संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पदावधि सकिनुभन्दा एक महिनाअघि भन्ने व्यवस्था भयो तर नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथ कहिले भन्ने व्यवस्था भएन, अन्योल भएका विषयलाई प्रस्ट पारेर समयभित्रै निर्वाचन गर्ने गरी छलफल गरेरै अघि बढ्छौं,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले राजधानीसँग भने ।

–पदावधि बाँकी छँदै निर्वाचन गर्न सहज, शपथ गर्न असहज

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी २९ फागुनमा सकिँदै छ । यस्तै, उपराष्टपतिको पदावधि ९ चैतमा सकिनेछ । संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकिएको छ । सो व्यवस्थाअनुसार निर्वाचन आयोगले २९ माघभित्र राष्ट्रपति र ९ फागुनभित्र उपराष्टपतिको निर्वाचन सम्पन्न गरिसक्नुपर्छ ।



194 Views

Comments