काठमाडौँ —१७ पुस, काठमाडौं । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।
भूगोल पार्कको धारणा विदेशी संस्कृतीको नक्कल गर्नुभन्दा आफ्नो 'मौलिकता, सम्पदा, धरोहरको संरक्षण राष्ट्रिय पोसाक, झन्डा स्वाभिमानको पहिचान'को जगेर्ना गर्नु हो ।तसर्थ राष्ट्रिय पोसाक ‘टोपी दिवस’को पावन शुभअवसरमा भूगोल पार्क टिमको तर्फबाट हार्दिक मंगलमय शुभकामना ।
आज देशभर १० औं अन्तर्राष्ट्रिय पोसाक तथा टोपी दिवस धुमधामले मनाइएको छ । राष्ट्रिय पोसाकमा सजिएर आएका पुरुष तथा महिला आइतबार काठमाडौंको हनुमानढोका क्षेत्रमा नाचगानसहित भेला भएर उक्त दिवस मनाएका हुन् । उनीहरु 'मौलिकता, सम्पदा, धरोहरको संरक्षण राष्ट्रिय पोसाक, झन्डा स्वाभिमानको पहिचान' भन्ने नारासहितको ब्यानर बोकेर आएका थिए ।
वसन्तपुरबाट निकालिएको र्याली प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो । युवाहरुको समूहले मौलिक पोसाक संरक्षणको सन्देश दिन अंग्रेजी नयाँ वर्षलाई अन्तर्राष्ट्रिय पोसाक तथा टोपी दिवसका रुपमा मनाउँदै आएको छ ।
Comments