१४ पुस, काठमाडौं । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।
भ्रष्ट्रचारमा लिप्त भन्ने व्यक्तिसँग नै परिवर्तनको नारा लिएर चुनावमा गई जनताबाट अनुमोदित भई निर्वाचित भएका व्यक्ति र दल नै निर्वाचित हुने बितिक्कै सरकारलाई समर्थन गर्नु र सरकारमा सहभागी नै हुनुलाई लिएर जनता पक्ष र विपक्षमा विभाजन भएकै बेला उनीहरूकै दलमा समेत विरोधको आवाज उठिरहेको छ ।
रवि लामिछाने उप-प्रधान तथा गृहमन्त्री भएपछि नियम विपरित राखेका सुरक्षाकर्मीहरू फिर्ता गर्ने राहदनी वितरण सहज बनाउँने निर्णयको भने जनताले स्वागत गरेका छन् ।
गृह मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरण सहज बनाउन विज्ञको टोली खटाएको छ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलका अनुसार नागरिकलाई सहजरूपमा राहदानी, नागरिकता र परिचय पत्र वितरण गर्न विज्ञको टोली खटाएको हो। चार विज्ञ सदस्यीय टोलीले तीन दिन यता राहदानी विभागसँग समन्वय गरी काम गरिरहेको छ।
राहदानी वितरणमा सबैभन्दा बढी भीड हुने देखिएको हुँदा सुरूमा त्यहीँ केन्द्रीत भएर काम अघि बढेको पनि प्रवक्ता पोखरेलले बताए।
‘तीन दिन भयो विज्ञको टोली खटिएको, समस्या के हो पहिचान गरी आफैंले सक्ने भए समाधान पनि गर्ने र नभए सहयोग माग्ने गरी खटाइएको छ,’ उनले भने।
गत सोमबार पुस ११ गते बसेको मन्त्रिपरिषदको पहिलो बैठकले लामो लाइन बस्नुपर्ने बाध्यतालाई हटाउने निर्णय गरेको थियो।उक्त निर्णय गरेपछि गृह मन्त्री रवि लामिछाने राहदानी विभागमा पुगेर समस्याबारे बुझेका थिए।
Comments