कांग्रेस महामन्त्रीद्वयको एक स्वर – 'कमजोरीलाई ढाकछोप नगरी खुला र पारदर्शी छलफल गरौं'

Bhugolpark

८ बैशाख, २०८१,१०:४०

काठमाडौँ —१६ पुस, काठमाडौं । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

यो आधारभूत मान्यता र अभ्यास नयाँ संविधान जारी भएपछिको पहिलो स्थानीय निर्वाचन र आम निर्वाचनका क्रममा सत्तास्वार्थका लागि घाइते बनाइयो। स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र माओवादी दलले एकआपसमा सम्झौता गरेर सिट बाँडफाँट गरे। राजनीतिक आदर्श, लक्ष्य वा कार्यक्रममा कुनै तादात्म्य नभएका कांग्रेस र माओवादीबीचको यो सम्झौता सत्ता र शक्तिका लागि जस्तोसुकै सम्झौता गर्ने गलत प्रवृत्तिको सुरूआत थियो। यस्तो सम्झौता आम जनताको मत अनैतिक रूपमा प्रभावित पार्ने प्रपञ्च थियो।

प्रचण्डको विगत हेर्ने हो भने पनि कहिले एमालेसँग चुनावी तालमेल गरेर नेपाली कांग्रेससँग मिलेर सरकार बनाउँने त कहिले कांग्रेससँग चुनावी तालमेल गरेर एमालेसँग सरकार बनाएर जहिले पनि सत्ता र शक्तिको वरिपरि रहेको पाइन्छ ।यस पटक पनि नेपाली कांग्रेसले नजर अन्दाज गरेर माओवादीलाई भागबण्डाको राजनीतिमा चित्त बुझाउँन नसक्नाले केन्द्र सरकारअन्तरर्गत सभामुख, उप-सभामुख, राष्ट्रपति, उप-राष्ट्रपति एवं संवैधानिक अङ्गका प्रमुख आदि पदमात्र नगुमाई ७ वटै प्रदेश सरकार गुमाउँन पुग्यो ।यसै विषयलाई लिएर हाल नेपाली कांग्रेसमा स्थापन इत्तर पक्षका नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताले नेपाली कांग्रेसका शेरबहादुर देउवामाथि दोष थोपारी रहेका छन् ।

आज नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले पार्टीमा भएका कमजोरीलाई ढाकछोप नगरी खुला र पारदर्शी छलफल गर्नुपर्ने बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा शनिबार शुमकामना सन्देश जारी गर्दै उनीहरुले मंसिर ४ मा सम्पन्न निर्वाचनपछि मुलुकमा भिन्न राजनीतिक परिस्थिति निर्माण भएको बताएका हुन् ।

प्रतिनिधिसभा निर्वाचनको परिणामबाट सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्ष बन्न पुग्दा पार्टीभित्र गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाएको र त्यो अस्वभाविक नभएको उनीहरुले बताएका छन् । यस बेला आफूहरूमाझ दुईवटा दायित्व रहेको उनीहरुले बताएका छन् । उनीहरूले भनेका छन् – 'पहिलो, आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको इमानदार समीक्षा गर्ने । दोस्रो, यसबीचमा हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफल मार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने ।'

नेपाली कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्ने उनीहरुको दाबी छ । यस्तै, गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्‍याउन नसक्दा सत्ताको राजनीतिमा यो पटक पछि परेको उनीहरुले बताएका छन् । अब सरकारलाई जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको रुपमा सशक्त भूमिका निर्वाह गर्ने पनि उनीहरुले बताएका छन् ।

'हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौं कि निर्वाचनको बेला एउटा गठबन्धन र एउटा बाचाबन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तिमा हामीबाट भएन,'उनीहरुले भनेका छन्,' नेपाली कांग्रेसले सरकारलाई गुण र दोषका आधारमा मूल्यांकन गर्नेछ, जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको रुपमा सशक्त भूमिका निर्वाह गर्नेछ । राष्ट्रिय राजनीति र जनचासोका विषयमा नेतृत्वदायी अग्रसरता लिनेछ ।'

नेपाली कांग्रेस                                                                                                    मिति १६ पौष २०७९

केन्द्रीय कार्यालय

बीपी स्मृति भवन, ललितपुर,नेपाल

“मेलमिलाप दिवसको शुभकामना”प्रतिवद्धता नविनताको गम्भीरता, प्रतिकुलतामा

संसदीय लोकतान्त्रिक अभ्यासको अर्थ हो- विभिन्न राजनीतिक दल आफ्नो राजनीतिक आदर्श तथा लक्ष्य र कार्यक्रमका आधारमा आवधिक निर्वाचनको प्रतिस्पर्धामा जान्छन्। निर्वाचनको परिणामबाट स्थापित संसदमा जुन दलले बहुमत पाउँछ, त्यसको निर्वाचित नेताले सरकार बनाउन र आफ्ना घोषित लक्ष्य तथा कार्यक्रम लागू गर्न पाउँछ। यसको प्रभावकारिताको मूल्यांकन आम जनताले अर्को निर्वाचनमा गर्छन् र उसको हैसियत निर्धारण गर्छन्।

यो आधारभूत मान्यता र अभ्यास नयाँ संविधान जारी भएपछिको पहिलो स्थानीय निर्वाचन र आम निर्वाचनका क्रममा सत्तास्वार्थका लागि घाइते बनाइयो। स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र माओवादी दलले एकआपसमा सम्झौता गरेर सिट बाँडफाँट गरे। राजनीतिक आदर्श, लक्ष्य वा कार्यक्रममा कुनै तादात्म्य नभएका कांग्रेस र माओवादीबीचको यो सम्झौता सत्ता र शक्तिका लागि जस्तोसुकै सम्झौता गर्ने गलत प्रवृत्तिको सुरूआत थियो। यस्तो सम्झौता आम जनताको मत अनैतिक रूपमा प्रभावित पार्ने प्रपञ्च थियो।

 आज पौष १६ गते नेपालको लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक दिन । विसं २०३३ सालमा आजकै दिन “राष्ट्रिय एकता तथा मेलमिलापू को नीति लिएर जननायक वीपी कोइराला निर्वासनबाट स्वदेश फर्किनु भएको थियो । त्यसबेला सबै मिलेर हाम्रो देशको लोकतन्त्र, शान्ति र समुन्नतिमा योगदान दिन उहाँले गर्नु भएको आह्वान आज पनि उत्तिकै सान्दर्भिक छ । यो घडीमा हामी जननायक वीपीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै स्वदेश र विदेशमा रहनुभएका नेपाली कांग्रेस पार्टीका समर्थक र शुभेच्छुक तथा सबै लोकतन्त्रवादी नेपाली दिदीबहिनी, दाजुभाइहरूमा त्यो संदेशको मर्मलाई आत्मसात गर्दै एकतावद्ध भएर हरेक चुनौतीको सामना गर्न आग्रहसहित हार्दिक अभिवादन गर्दछौं ।

मुलुकमा गत मंसिर ४ मा सम्पन्न निर्माण भएको छ । भिन्न राजनैतिक परिस्थितिमा निर्वाचन सम्पन्न निर्माण भएको छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्ष बन्न पुगेको छ । यस्तो नहुनुपर्थ्यो भनेर पार्टी पंक्तिमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाउनु अस्वभाविक होइन यस क्षणमा हाम्रा दुईवटा दायित्व छन्( पहिलो, आग्रह र पूर्वाग्रहमुक्त भएर परिस्थितिको ईमानदार घटनाक्रम र त्यसबाट उत्पन्न संयमतापूर्वक समग्र समीक्षा गर्ने । दोस्रो, यसबिचमा हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफल मार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने । नेपाली कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममुल्याङ्कन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्नेछ ।

टेलिफोन : (००९७७-१) ५१८३२६३ / ५१८३२६४/५१८३२६५ पयाक्स : ५१८३२६६ E-mail : info@nepalicongress.org / Internet Access : http://www.nepalicongress.org


172 Views

Comments