नेपाली युवा शिशिर बने युएसए नेशनल च्याम्पिएन

Bhugolpark

६ बैशाख, २०८१,०४:५४

अमेरिका ।भूगोल पार्कको तर्फबाट नेपाली युवा शिशिर युएसए नेशनल च्याम्पिएन बन्न सफल हुनुभएकोमा हार्दिक बधाई एवं उत्तरोतर प्रगतीको हार्दिक मंगलमय शुभकामना ।

भूगोल पार्कले राजनैतिक सामाजिक आर्नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष राजनैतिक सामाजिक आर्थिक शैक्षिक मनोरञ्जन पर्यटन प्रर्वधन इन्टरनेशनल फेडेरेशन अफ बडीविल्डिङ एण्ड फिटनेश (आईएफबीबी) आदि विषयवस्तुहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

नेशनल फिजिक कमिटी युएसए नेशनल च्याम्पियनशीप (एनपीसी युएसए नेसनल च्याम्पीएनसिप) जितेर नेपाली युवा शिशिर राना इन्टरनेशनल फेडेरेशन अफ बडीविल्डिङ एण्ड फिटनेश (आईएफबीबी) प्रो कार्ड प्राप्त गर्ने पुरुषतर्फ पहिलो नेपाली बनेका छन् । 

डिसेम्बरको पहिलो साता अमेरिकाको फ्लोरिडा राज्यमा भएको प्रतिस्पर्धाका लागि उनले विभिन्न क्षेत्रिय प्रतियोगिताहरू जितेर सो प्रतियोगिताको लागि छनौट भएका थिए । 

नेशनल च्याम्पियनशीपका लागि भएको कडा प्रतिस्पर्धामा रानाले आफ्नो बजन समूह, १४३.५ पाउण्ड का लागि १३ जनालाई पछि पार्दै पहिलो स्थान हासिल गरेका हुन् । 

२५ वर्षीय रानाले सात वर्षअघि शारिरीक सुगठनको यात्रा प्रारम्भ गरेका थिए । सामन्यतया प्रो कार्ड प्राप्त गर्न कम्तिमा १० देखि १५ वर्षको नियमित अभ्यास जरुरी हुने भएता पनि रानाले निकै छोटो समयमा नै यो सफलता हासिल गरेका हुन् । 

उनी कम उमेरमा प्रो कार्ड लिने केही सिमित विदेशी च्याम्पियनमा पनि परेका छन् । 

सात वर्षसम्मको अथक र निरन्तर अनुशासित खानपान र व्यायमले आफुलाई यो स्थानमा पुर्याएको राना बताउँछन् । 

“मैले यो सातवर्षसम्म कुनै पनि पारिवारीक भेटघाट र चाडपर्वमा सामेल हुन सकिन,” उनले भने, “मैले पहिलो नेपाली पुरुष प्रो कार्ड होल्डर हुने सपना बोकेर अभ्यासमा होमिएको थिए ।”

सन् २०१४ देखि आफ्नो परिवारसँग अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका रानाले कक्षा १० सम्मको अध्ययन काठमाडौंबाटै गरेका थिए । 

उनी अहिले सिटी युनिभर्सिटी अफ न्युयोर्कमा मेकानिकल इन्जिनियरिङका विद्यार्थी समेत हुन् । उनले यी दुवैलाई संगै लैजानका लागि आफुले कडा मेहनत गरिरहेको बताए । 

आइबीबी प्रो कार्ड प्राप्त गरेपछि राना समान कार्ड होल्डरसँग प्रतिस्पर्धाका लागि योग्य भएका छन्, त्यसमा छानिएमा उनले बडिबिल्डिङको उच्च स्थान मिस्टर ओलम्पियाका लागि प्रतिस्पर्धा गर्ने छन् । आफ्नो अबको सपना मिस्टर ओलम्पियामा नेपालको झण्डा फहराउनु रहेको रानाले बताए । 

नेपालमा बाग्लुङ स्थायी घर भएका राना सिंह बहादुर राना र चन्द्रिकादेवी जिरेलका जेष्ठ छोरा हुन् । उनका पिता सिंह बहादुर पनि नेपालमा करातेका राष्ट्रिय स्तरका पुर्व खेलाडी हुन् । 



100 Views

Comments