के माधव नेपाल एमालेमै फर्कलान ?

Bhugolpark

१३ पुष, २०७९,०९:४५

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेकपा एमालेमै फर्काउँने अभियानमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र एमाले नेता महेश बस्नेतलगायतसँग एकीकृत समाजवादीका नेताहरू घनिभूत रुपमा छलफल जुटेका छन् । पनि सक्रिय नेताहरू नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेकपा एमालेमै फर्काउने प्रयास जारी रहेको छ ।

त्यो अभियानमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले नेता महेश बस्नेतलगायतका नेताहरू सक्रिय रहेका छन् ।

त्यसमा एकीकृत समाजवादीका नेताहरु पनि सक्रिय रहेको बताइएको छ । पछिल्लो समयमा अर्थमन्त्रीसमेत रहेका नेता विष्णु पौडेलले नेता नेपाललाई दुईपल्ट भेट गरिसकेका छन् ।

नेपालसँगको भेटपछि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि जानकारी गराएका थिए ।

त्यसैगरी बुधबार पनि एमाले नेता महेश बस्नेत नेता नेपालको घरमै पुगेर एमालेमा फर्किन आग्रह गरेका छन् ।

बस्नेतले नेपाललाई अघिल्ला भेटभन्दा फरक पाएको पनि प्रतिक्रिया दिए ।

“सबै वाम पार्टी एकैठाउँ हुनुपर्छ भनेर अभियान चलाइएको हो,” बस्नेतले भने, “आज मैले माधव नेपालसँग पनि कुराकानी गरेँ । पहिलेभन्दा केही सकारात्मक हुनुहुन्छ । केपी ओलीसँगको सम्बन्ध पनि पहिलाजस्तो आक्रोशपूर्ण देखिएन । तिक्तता कम भएको पाएँ । बरु उहाँको गुनासो ओलीसँग भन्दा बढी प्रचण्डसँग थियो । त्यो पनि आज भेट भएपछि कम हुनुपर्छ ।”

तर नेपालले यसबारेमा भने कुनै प्रतिक्रिया दिएका छैनन् । उनी निकट स्रोतले भने अहिले एमालेमै फर्किने कुनै तयारी नभएको बताउँछ ।

बस्नेतले सञ्चारकर्मीसँग कुरा गर्दै ओली–दाहाल, दाहाल–नेपालबीचको संवाद पनि यही अभियानमै जोडिएको दाबी गरे ।बस्नेतसँग नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरी पनि सँगै थिए ।छलफलमा सहभागी नेताहरुले ओली र नेपालबीच वार्ताको प्रयास जारी राखेको बताएका छन् ।

यसअघि पनि शनिबार ओली नेपालको निवास आउन चाहेको तर गोप्य राख्नुपर्ने प्रस्ताव नेपालले अस्वीकार गरेपछि नआएको स्रोतले जानकारी दियो ।



127 Views

Comments