जसपा संसदीय दलको निर्वाचन आज, राई र यादबको दाबी

Bhugolpark

१३ पुष, २०७९,०६:१९

काठमाडौँ भूगोल पार्कको दृष्टिकोणमा नेता राईको नाममा सहमति हुने सम्भावना बढी देखिएको छ। जसपामा संस्थापन पक्षसँग अशोक राईको मतभेद चुल्लिएको अबस्थामा सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको निर्वाचन बुधबार हुँदैछ।त्यसैलै को बन्ला संसदीय दलको नेताभन्ने आम चासो बढेर गएको छ।

जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टी विधानअनुसार आज हुने संसदीय दलको निर्वाचनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरिएको हो। 

जसपाले यसअघि नै नेता मिथिलेशकुमार सिंहको संयोजकत्वमा अर्जुन थापा र दीपेन्द्र झा सदस्य रहेको निर्वाचन समिति गठन गरिसकेको छ।

जसपा संसदीय दलको नेतामा नेता अशोक राई र राजकिशोर यादवसँगै केही कार्यकारिणी सदस्यले दाबी गर्दै आएका छन्।

बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ताको समय दिइएको छ।

संसदीय दलको नेताका लागि बुधबार दिउँसो २:३० देखि ३:३० सम्म मतदान गर्ने कार्यक्रम रहेको छ। यद्यपि नेता राईको नाममा सहमति हुने सम्भावना बढी छ।



163 Views

Comments