ग्राउण्ड ह्याण्डलिङ खोसिएपछि हिमालय एयरलाइन्स सरकारप्रती असन्तुष्ट, ५० करोड क्षतिपूर्ति माग्दै अदालत जाने चेतावनी

Bhugolpark

७ बैशाख, २०८१,०७:०६

भूगोल पार्कले निरन्तर सामाजिक, आर्थीक, राजनैतिक, मनोरञ्जन,पर्यटन आदिको समचार पाठक वर्गलाई दिदै आएको छ । हिमालय एयरलाइन्सले आफ्नो स्थापनाको छोटो समयमानै लाखैं पर्यटकहरूलाई सेवादिएको जगजाहेरै छ ।नेपालमा सरकारी विमान सेवा सरकारमा बस्ने व्यक्तिहरूको चरमलापर्वाहीको कारण निरन्तर घाटामा गएको जगजाहेरै छ ।

देशको पर्यटन विकासमा उल्लेखनीय टेवापुर्याएको हिमालय एयरलाइन्स देशको पर्यटन विकासमा उल्लेखनीय टेवापुर्याएको प्राइभेट एयरलाइन्स हो ।यसलाई राजनीतिक प्रतिसोधको कारण ग्राउण्ड ह्याण्डलिङ खोसिनु दुखदपक्ष हो ।अबको पर्यटनमन्त्रीले हिमालय एयरलाइन्सलाई न्याएदिने अपेक्षा भूगोल पार्कको छ । 

हिमालय एयरलाइन्सले काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गरिरहेको सेल्फ ग्राउण्ड ह्याण्डलिङ खोसिएको छ । हिमालयले भैरहवा र पोखरा एयरपोर्टको समेत ग्राउण्ड ह्याण्डलिङ लिन शक्ति केन्द्रलाई प्रभावित पारिरहेको चर्चाका बीच त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलकै सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा पनि खोसियो । 

२०७७ असोज ४ गते मन्त्रिपरिषद बैठकबाटै हिमालय एयरलाइन्सले सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा पाएको थियो । त्यसपछि २०७९ भदौ २८ मा यो सुविधा नवीकरण गरिएको थियो । तर, पौष ७ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालयले पाउँदै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङको सुविधा खोसिएको पत्र थमायो ।

अदालत जाने हिमालयको चेतावनी

२०७७ असोज ४ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार नागरिक उड्डयन प्राधिकरणले आफूहरूलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको प्रमाणपत्र दिएको र सो अनुसार आफूहरुले मोटो रकम लगानी गरेर सबै मापदण्ड पूरा गरेको अवस्थामा यो सुविधा खोसिएपछि हिमालय एयरलाइन्सले कानुनी उपचार खोज्ने चेतावनी दिएको छ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले पचासौं जनाको जनशक्ति तयार गर्नेदेखि औजार उपकरण खरिद गर्नेसम्मका काम गर्दा कम्पनीले करोडौँ रुपैयाँ लगानी गरेको बताए । भूगोल पार्कसँगको कुराकानीमा उनले ग्राउण्ड ह्याण्डलिङका लागि प्राधिकरणले तोकेका सबै सर्त र मापदण्ड पूरा गर्दा ५० करोड रुपैयाँ लगानी गरिएको भन्दै सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा नदिने हो भने कम्पनीले गरेको लगानीको भर्पाइ हुनुपर्ने माग गरे ।

‘हामीले सबै काम सकेका थियौँ, पचासौँ जनाको जनशक्ति तयार पार्यौ, आवश्यक उपकरण खरिद गर्यौ’ हिमालय एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठले भने, ‘सबै खालका पूर्वाधार तयार पार्दा ५० करोड खर्च भएको छ ।’ 

उनले ग्राउण्ड ह्याण्डलिङ सुविधा स्थगनको पत्रमा चित्त बुझ्दो कारण उल्लेख नभएकाले प्राधिकरणसँग छलफल गर्ने र आफूहरू प्रतिकुलको निर्णय नसच्चिए कानुनी उपचारमा जानुको विकल्प नभएको पनि बताए । 

‘पहिला यसो गर भनेर काम लगाउने, सबै काम गरिसकेपछि अधिकार खोस्ने निर्णय स्वीकार्य हुँदैन’ उपाध्यक्ष श्रेष्ठले थपे ।

‘नेपाल एयरलाइन्सको व्यवसाय हत्याउन खोजेको भन्दै गलत प्रचार गरियो’

उपाध्यक्ष श्रेष्ठले आफूहरूले कुनै अन्य व्यवसायिक ग्राउड ह्याण्डलिङको सुविधा नखोजेको पनि दाबी गरे । तर, आफ्नै कम्पनीको सेल्फ ग्राउण्ड ह्याण्डलिङ आफैँले गर्छौँ भन्दा नेपाल एयरलाइन्सको व्यवसाय हत्याउन खोजेको भन्दै गलत प्रचार गरेर ‘पब्लिक’को नजरमै हिमालय एयरलाइन्सलाई खराब देखाउन दुष्प्रयास गरिएको उनको आरोप छ ।

ग्राउण्ड ह्याण्डलिङको सुविधाबापत एजेन्ट कम्पनीले प्रति उडान ३ हजार डलरसम्म लिने गरेको श्रेष्ठको भनाई छ । तर, आफूहरूले ग्राउण्ड ह्याण्डलिङको सुविधा पाउँदा प्रति उडान १५ सय डलरमै सेवा दिन सक्ने उनले दाबी गरे ।

‘हामीले ग्राउण्ड ह्याण्डलिङ पाउँदा एयर फेयर घट्छ, एयर फेयर घट्नु भनेको यात्रुहरुलाई नै सस्तो हुनु हो’ उनले भने, ‘तर, हामीलाई नेपाल एयरलाइन्सको बिजनेश नै हत्याउन लाग्यो भनेर भनियो ।’

के भन्छ प्राधिकरण ?

नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई तत्कालका लागि सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा दिन नसकिने ब्यहोराको पत्र पठाउँदै जग्गा कम हुँदा यो सुविधा हाललाई स्थगन गर्नुपरेको दाबी गरेको छ ।

‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ प्रयोजनका लागि इकयूमेन्ट यन्त्र उपकरण आदि व्यवस्थापन गर्न हाल स्थान उपलब्ध गराउने अवस्था नरहेकाले मिति २०७९ भाद्र २८ तथा मिति २०७७ आश्विन ०४ मा प्रदान गरिएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा अनुमति प्रमाणपत्र तथा त्यसको नवीकरण कार्य अर्को निर्णय नभए सम्मलाई प्राधिकरणको मिति २०७९ पौष ०४ को निर्णय अनुसार स्थगन गरिएको ब्यहोरा जानकारीका लागि अनुरोध छ’ प्राधिकरणले हिमालय एयरलाइन्सलाई पठाएको पत्रमा भनिएको छ ।



124 Views

Comments