स्वतन्त्रबाट जितेका रेशमका बाबु छोराकै पार्टीमा प्रवेश, बुहारीले गरिन् स्वागत

Bhugolpark

१२ पुष, २०७९,०६:५२

बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

सो पार्टीका संरक्षक रेशम चौधरीले आफ्नो उम्मेदवारी खारेज हुने सम्भावना देखेपछि स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नै बाबु लालवीर चौधरीलाई उम्मेदवार बनाएका थिए । निर्वाचनमा लालबीर शुक्रबार औपचारिकरूपमै पार्टी प्रवेश गरेका हुन् ।

लालबीरले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका सुरेश पन्थलाई १३६ मतान्तरले पराजित गरेका थिए । चौधरीले २६ हजार ५२० मत पाउँदा पन्थले २६ हजार ३८४ मत ल्याएर विजयी भएका थिए । कैलालीको क्षेत्र नं १, २ र ३ मा विजयी भएको नागरिक उन्मुक्ति पार्टीको अब संसदमा चार सीट गणना हुने भएको छ ।



203 Views

Comments