केबुलकार सेवा स्थगन,केबुलकार यात्रु महानुभावहरूलाई पर्न गएको असुविधाको लागि क्षमायाचना :राजेशबाबु

Bhugolpark

१२ पुष, २०७९,०६:२७

भूगोल पार्कले निरन्तर सामाजिक, आर्थीक, राजनैतिक, मनोरञ्जन,पर्यटन आदिको समचार पाठक वर्गलाई दिदै आएको छ ।आज भने मनकामना केबुलकार सेवा स्थगनले केबुलकार यात्रु महानुभावहरूलाई पर्न गएको असुविधाको बारेमा जानकारी दिन गइरहेको छ ।

विद्युत आपुर्तिमा भएको समस्याका कारण केबुलकारको प्यानल (Thyrestor panel) मा ठुलो क्षति पुग्न गएको कारण र निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिकनै आउनु पर्ने भएको तर अष्ट्रियामा हाल क्रिस्मस र नयाँ वर्ष पर्न गएकोले नेपाल आउँन ढिला भएको जानकारी केबुलकारका निर्देशक राजेशबाबु श्रेष्ठले दिदै, यसबाट पर्यटक एवं श्रद्धालु भक्तजन महानुभावहरूलाई पर्न गएको असुबिधा प्रति हामी क्षमाप्रार्थि छौं भन्नुभयो साथै यथाशक्य चाडो सेवा सुचारू गर्नेसमेत बताउँनुभयो।

भूगोल पार्क अर्को बेलैमा पूर्व सूचान पर्यटक एवं श्रद्धालु भक्तजन महानुभावहरूलाई जानकारी दिने प्रतिज्ञासमेत व्यक्त गर्न चाहान्छ।थप जानाकारी/सहयोगको लागी सम्पर्क नम्बरमा सम्पर्क गर्नुहोला ।

सम्पर्क नंम्बर :

केबुल कार स्टेशन :९८५१११९९३९/९८५१११५२२२/९८४५०४६१०९

काठमाडौँ:४४३४६९० ext.२२५ ९८०३४९८४४७



121 Views

Comments