नेकपा एमालेले विष्णु पौडेलको नेतृत्वमा ३जना मन्त्री बनाउँने तयारी

Bhugolpark

११ पुष, २०७९,०९:५६

नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। 

उपप्रधान मन्त्री र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पौडेल सरकारमा जाने भएका हुन्।

उनीसँगै एमालेबाट दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने एमालेको तयारी छ।

पौडेलबाहेक अन्यको मन्त्रायले टुंगो लागेको छैन।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिँदैछन्। आज सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी पनि छ।

जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल खान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुने भएका छन्।

रवि लामिछानेको पार्टीले आज सपथ लिने सम्भावना कम देखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो दाबी गृह मन्त्रालयमै रहेको बताएका छन् ।

उनले सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भने, “हामीले हाम्रा कुरा राखेका छौँ । प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ । हाम्रा एजेन्डामा साझा समझदारी बनाउने हो । भ्रष्टाचारमा निर्मम हुनुपर्छ । भ्रष्टाचार न्यूनीकरणका लागि संयन्त्र बनाउनुपर्छ । प्रधानमन्त्रीले निर्णय गर्नुहोला ।”

राप्रपाले भने सरकारमा नगएर बाहिरबाटनै सरकारलाई समर्थन गर्ने भएको छ ।



175 Views

Comments