उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीको अडान

Bhugolpark

११ पुष, २०७९,०५:३७

काठमाडौं, भूगोल पार्कको तर्फबाट नेपालको ४४ औं प्रधानमन्त्रीका रुपमा राष्ट्रपतिद्वार प्रचण्ड नियुक्त हुनुभएकोमा उहाँलाई हार्दिक वधाई एवं शुभकामना साथै रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीसमेतलाई हार्दिक वधाई एवं शुभकामना छ साथसाथै भ्रष्ट्रचारमा लिप्त ठुला राजनीतिक दलहरूको चक्रव्यूहमा नफसोस भन्ने खवरदारी समेत गर्न चाहान्छौं ।

भूगोल पार्कले नेपालका ठुला राजनीतिक दलहरूले २०४७ सालदेखि २०७९ सालसम्म गरेका राम्रा कामको चर्चापरिचर्चा गर्दै आएको पाठक वर्गलाई सर्वविधितै छ ।यसले देशमा मौलाएको वेथिती, भ्रष्ट्रचार,शैक्षिक व्यरोजगार दिनप्रतिदिन बढदै गएको कुराको निरन्तर खबरदारी गर्दै आएको छ ।देश कोरना [कोभीड] र डेङ्गुको संक्रमणले थलापरेको छ ।हामी देशको अर्थतन्त्र ओरालो लागेको वर्तमान परिपेक्षमा परिवर्तन र देश विकासको एजेण्डा बोकेको रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत सरकारमा सहभागिता जनाउँनु देशकै सुखद पक्ष हो साथसाथै भ्रष्ट्रचारमा लिप्त ठुला राजनीतिक दलहरूको चक्रव्यूहमा नफसोस भन्ने खवरदारी समेत गर्न चाहान्छौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालय दिनुपर्ने अडान राखेको कुरा सो पार्टीका नेताले जानकारी दिए ।

यसबाहेक थप श्रमसहित बाँकी दुई मन्त्रालय र उपसभामुखमा दाबी रहेको सो पार्टीका एक नेताले जानकारी दिए ।

“हामीले गृह मन्त्रालय भनेका छौँ, त्यो भएन भने भौतिक मन्त्रालयमा अडान रहने छ,” उनले भने, “श्रम मन्त्रालय पनि हाम्रो रोजाइमा परेको छ ।”

उनका अनुसार उपसभामुखमा पनि रास्वपाको दाबी रहेको छ । सभामुख भने नेकपा एमालेले लिने भएको छ ।



145 Views

Comments