पार्टी र आफूलाई देशी विदेशी शक्तिले घेराबन्दीमा पारियो : प्रचण्ड

Bhugolpark

१० पुष, २०७९,०६:३३

भूगोल पार्कले नेकपा माओवादी केन्द्रका नेता र सो पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो अभिव्यक्तिको बारेमा सुक्ष्म अध्ययन गर्दा यही गठबन्धनबाट प्रधानमन्त्री बन्ने, त्यो नभए गठबन्धन छाडेर एमालेसँग छलफल गर्ने र त्यो पनि सम्भव नभए प्रतिपक्षमा बस्ने माओवादी रणनीति बनाएको देखिन्छ ।

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चौतर्फी घेराबन्दीमा परेको बताएका छन्। आइतबार बिहान माओवादी केन्द्रका उच्च नेताहरूसँग प्रचण्डले देशी विदेशी शक्तिले आफू र आफ्नो पार्टी घेराबन्दीमा परेको बताएका हुन् । 

चौतर्फी घेराबन्दीमा परेका कारण कांग्रेस सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीमा समर्थन गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएकोसमेत उनले बताएको माओवादी केन्द्रका एक नेताले सञ्चारकर्मीलाई जानकारी दिए।

आफूलाई देशी विदेशी शक्तिले घेराबन्दीमा पारेर प्रधानमन्त्रीबाट रोक्न चौतर्फी प्रयास भइरहेको प्रचण्डको भनाई छ। बिहानको आन्तरिक छलफलमा नेकपा माओवादी केन्द्रले कांग्रेसले प्रधानमन्त्री नदिए एमालेसँग समेत छलफल अघि बढाउने तयारी गरेको छ। तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना टर्दै गएको बताएका थिए। ओलीले भने, 'प्रधानमन्त्रीको इच्छा ढिला गरी आएकाले प्रचण्डको सम्भावना कम भएको छ। समयमै काम नगरे प्रतिफल शुन्य हुन्छ।

माओवादी केन्द्रभित्र विभिन्न विकल्पबारे छलफल भइरहेको छ। देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने र बाँकी पदमा सम्मानजनक बाँडफाँड गर्ने, त्यसो नभए गठबन्धन छाडेर एमालेसँग छलफल अघि बढाउने र त्यो पनि नभए प्रतिपक्षमा बस्ने रणनीतिक विकल्पबारे नेकपा माओवादी भित्र छलफल भएको छ।



150 Views

Comments