भूगोल पार्क नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै टुइटर, फेसबुक, इन्टाग्राम आदि सामाजिक संजालमामा समाचार पस्किरहेका छ।आज हामी प्रदेश सभाको सामान्य जानकारीसहित गण्डकीमा पुस १४ गते मित्रलालले सांसदलाई शपथ गराउने कुराको जानकारी पाठक वर्गलाई दिने छौं ।
प्रदेश सभा परिचय
प्रदेश सभा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्धान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रदेश सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ ।
हालका प्रदेश प्रमुखहरू प्रदेश १– सोमनाथ अधिकारी 'प्यासी'
प्रदेश २– तिलक परियार
प्रदेश ३– विष्णु प्रसाईं
गण्डकी प्रदेश – अमिक शेरचन
प्रदेश ५– धर्मनाथ यादव
कर्णाली प्रदेश– गोविन्द कलौनी
सुदूरपश्चिम प्रदेश– शर्मिला पन्त त्रिपाठी
उनीहरुलाई राष्ट्रपति विधादेवी भण्डारीले प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।
को हो प्रदेश प्रमुख ?
संविधानको धारा १६३ अनुसार प्रदेशमा नेपाल सरकारको प्रतिनिधि नै प्रदेश प्रमुख हो । सरकारको सिफारिसमा प्रदेश प्रमुख तोक्ने जिम्मेवारी राष्ट्रपतिको हो । प्रदेश प्रमुखको पदावदी सामान्यतया ५ वर्षको हुनेछ र प्रदेश प्रमुखलाई जुनसुकै बेला पनि फिर्ता बोलाउने अधिकार राष्ट्रपतिमा हुनेछ । राष्ट्रपतिले फिर्ता बोलाएमा वा सम्बन्धित व्यक्तिले राजीनामा दिएमा वा निजको मृत्यु भएमा पद रिक्त हुनेछ । यस्तो अवस्थामा राष्ट्रपतिले नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सक्नेछ ।
प्रदेश प्रमुखको काम, कर्तव्य र अधिकार ?
राष्ट्रपतिले केन्द्रमा खेल्ने भूमिका र प्रदेशमा प्रदेश प्रमुखको भूमिकालाई समान्तर रुपमा लिन सकिन्छ । प्रदेश प्रमुखले राष्ट्रपतिबाट शपथ ग्रहण गरिसकेपछि प्रदेशसभा सदस्यहरुलाई शपथ खुवाउने छन् । तर त्यसअघि निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको परिणाम सम्बन्धित प्रदेशको प्रमुखलाई बुझाउनु पर्ने हुन्छ ।
संविधानमा उल्लेख भए अनुसार बहुमत प्राप्त दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न सक्ने अधिकार प्रदेश प्रमुखमा रहनेछ । यस्तै कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नसक्ने संविधानको धारा १६८ मा उल्लेख छ ।
माथि उल्लेख भएको धारा १६८ को उपधारा १ र २ अनुसार मुख्यमन्त्री नियुक्त हुन नसकेमा प्रदेश प्रमुखले सबैभन्दा बढी सदस्य रहेको दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सक्नेछन । संविधानमा व्यवस्था भए अनुसार यसरी नियुक्त हुने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत हासिल गर्नुपर्ने छ ।
यदि विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेशसभालाई विघटन गरेर नयाँ निर्वाचन आह्वान गर्न सक्ने अधिकार पनि प्रदेश प्रमुखलाई हुनेछ ।
प्रदेश प्रमुखको सेवा सुविधा
प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धमा बनेको ऐन( २०७४ मा व्यवस्था भए अनुसार प्रदेश प्रमुखले पारिश्रमिक, अतिथि सत्कार र भैपरी आउने खर्च गरेर मासिक १ लाख ४ हजार रुपैयाँ पाउने छन । जसमा पारिश्रमिकबापत ६४ हजार र अतिथि सत्कार र भैपरी आउने खर्चमा ४० हजार रुपैँया रहेको छ ।
पोशाक सुविधावापत वार्षिक १८ हजार पाउने साथै बिमा र दैनिक भ्रमण भत्ताको व्यवस्था पनि ऐनमा उल्लेख छ ।
यसको अतिरिक्त सरकारले बस्नका लागि आवास उपलब्ध गराउने छ भने ४ स्वकीय सचिवसहित १२ जनाको सचिवालय बनाउने सुविधा पनि प्रदेश प्रमुखलाई छ ।
गण्डकीमा मित्रलालले गराउनेछन् सांसदलाई शपथ, मन्त्री थापाभन्दा २ दिन जेठा
६ पुस, पोखरा । गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालका लागि चुनिएका सांसदमध्ये २ जना समान ६५ वर्षका छन् । कानुनमन्त्रीसमेत रहेका कांग्रेस सांसद विन्दुकुमार थापाभन्दा पर्वतबाट चुनाव जितेका एमाले सांसद मित्रलाल बस्याल २ दिन जेठा भएकाले उनैले शपथ खुवाउने र पहिलो बैठकको अध्यक्षता गर्नेछन् ।
६० सदस्यीय प्रदेश सभामा १३ गते मित्रलालले प्रदेश प्रमुखसँग शपथ लिनेछन् र त्यसको भोलिपल्ट अरु सांसदलाई उनलै शपथ खुवाउने प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए । ‘१४ गते गण्डकीका सांसदलाई बस्यालले सपथ खुवाउने तय भएको छ,’ पोखरेलले भने, ‘भोलि (७ गते) सबै निर्वाचन सांसदलाई जानकारी पठाउँछौं ।’
प्रदेश प्रमुखसँग शपथ खुवाउने विषयमा समन्वय भइरहेको उनले बताए । पहिलो बैठक कहिले बस्छ भन्ने निर्णय भइसको छैन तर बैठकको अध्यक्षता बस्यालले नै गर्ने भएका छन् ।
संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।
प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सभामुख, उपसभामुखको निर्वाचन नभएसम्म संसदको अध्यक्षता बस्यालले गर्ने छन् ।
यसअघि एमाले माओवादीको संयुक्त सरकार बन्दा संसदमा सभामुख माओवादीका तर्फबाट नेत्रनाथ अधिकारी र एमालेका तर्फबाट उपसभामुख सिर्जना शर्मा बनेका थिए ।
गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी ८ राप्रपाका २ र स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी छिरेका राजीव गुरुङ (दीपक मनाङे) सहित ६० सांसद छन् ।
Comments