माधव नेपालसँग मात्रै कुरा गर्न बाँकी छ, त्यसपछि सरकारमा सहभागीताबारे निर्णय लिन्छौं : रवि लामिछाने

Bhugolpark

७ पुष, २०७९,०९:२५

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जानेबारे अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन् । बिहीबार शपथ ग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै लामिछानेले सरकारमा सहभागीताबारे रास्वपाले अहिलेसम्म कुनै निर्णय नगरेको बताएका हुन् ।

लामिछानेले भने, ‘सरकारमा जाने नजानेबारे एक दुई दिनमै निर्णय हुन्छ । हाम्रा एजेण्डा सम्बोधन हुने हकमा सरकारमा जान्छौं । एक दुई दिनमै सरकारमा जाने नजाने बारे निर्णय गर्छौं ।’

सरकार बनाउन पुग्ने जनमत आफूहरुसँग नभएको उनको भनाइ छ। सबै दलका नेतासँग छलफल भएको र अब माधव नेपालसँग मात्रै कुरा गर्न बाँकी रहेको लामिछानेले बताए ।

लामिछानेले राष्ट्रपतिमा निर्दलीय र स्वच्छ छवि भएको व्यक्ति आउनुपर्ने बताए ।



190 Views

Comments